सुजिता
काठमाडौ १३साउन , दोलखा सैलुङ्का गाउँपालिका ८ किसान सहदेब कार्की आफ्नो बारीमा आलु लटरम्म फलेपछि खुसी भएका थिए । तर आलुले बजार नपाएपछि भने उनको चिन्ता बढिरहेको छ ।
‘यसपाली विगतका वर्षभन्दा आलु उत्पादन बढ्दा खुसी छौं’, उनले भने, ‘उत्पादित आलुको उचित मूल्य र बजार पाउन नसकेपछि भने चिन्ता थपिएको छ ।’ उनको बारीमा आलु १० मुरी भन्दा बढी छ ।कार्कीले यस वर्ष सैलुङ ढुङे आसपासको क्षेत्रमा मात्र दुई हजार क्विन्टलभन्दा बढी फलेको हुनुसक्ने अनुमान गरे ।
सैलुङमा उत्पादित आलु मुख्य बजार काठमाडौ बनेपा र ताराइको क्षेत्र हुन् । दोलखा सैलुङ देखि काठमाडौ झण्डै १२९ कि मि र सदरमुकाम ३४ किलोमिटरको दूरीमा छ । बाटो खराबीको कारण बजारसम्म आलु ढुवानी गर्न समस्या भइरहेको किसानको भनाइ छ । बजारीकरणको समस्या भए पनि सैलुङ क्षेत्रमा एक किसानले वर्षमा आलु बिक्रीबाट मात्रै बढीमा ६ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
सैलुङ क्षेत्रमा आलु गृह (कोल्डस्टोर) निर्माण छ।तर संचालनमा आएको छैन। किसानको धेरै वर्षअघि देखिको माग अझैँ पूरा हुनसकेको छैन । कोल्डस्टोरको अभावमा फलेको आलु किसानले भण्डारण गर्न पाइरहेका छैनन् ।
‘अहिले भण्डारण गरेर यो आलु मंसिर , पुसतिर बेच्दा मूल्य पाउँथ्यौँ, तर कोल्डस्टोर प्रयोगमा नहुँदा आलु सस्तोमा दिनुपरेको छ’,अर्कोतिर भाउ खोजेर राखौ कुहिने डर पनि छ।अर्का किसान प्रबिन बस्नेतले भने । सैलुङ क्षेत्रलाई सरकारले आलु उत्पादनको पकेट क्षेत्र घोषणा गरेर सैलुङको कृषकलाइ आलु खेतीमा आत्मानिर्भर बनाउन र सैलुङलाई पर्यटन सग जोडिएर समृद्धि सैलुङको बिकास गर्न केन्द्रिय सरकार, प्रदेश सरकार,र स्थानीय सरकारले कदम चल्नुपर्छ। बाटोको कारण कृषक मर्कामा परेको लामोसमय भइसकेको छ।
‘सरकारको सम्बन्धित निकायले कतिपय किसानलाई आलुको बिउ समेत निःशुल्क उपलब्ध गराउँनु पर्छ ।बस्नेतले भने सैलुङको आलु अन्य ठाँउको आलु भन्दा स्वदिलो एवं मीठो हुने हुँदा किसान आफैले स्थानीय जातको आलुको बीउ समेत तयार गरेर रोप्ने गरेका छन् ।
सैलुङ क्षेत्रका आलु खानमा निकै स्वादिलो छिटो पाक्ने र आलुको विभिन्न परिकारहरु स्वादिष्ट हुने भएकाले सैलुङको आलु सिजनको बेला माग बजारमा बढी हुने गरेको छ ।
हिउँदमा मुडेबजारमा दोलखा सैलुङको आलु भन्दै मुडेमा प्रचार गर्दै व्यापारीबीच बिक्री गर्ने प्रतिस्पर्धा चलेको देखिन्छ । आलु देखाउदै स्थानीय गोपि ढुङेलले भने,मुडेमेलुङ सडकको कारण यतिबेला स्थानीय क्षेत्रमा उत्पादित आलुले बजार नपाउँदा आयात निकै घटेको छ ।’
दोलखा क्षेत्रले स्वादिलो आलु उत्पादनमा पहिचान बनाए पनि त्यसको व्यवस्थित बजारीकरण हुन नसकिरहेको व्यापारीको समेत भनाइ छ ।
सैलुङ क्षेत्रका आलु बारिभरी फलेका छन् । थोक मूल्यमा खरिद गर्नका लागि बारीमै पूग्ने व्यापारीले अहिले यहीँ बाटोको कारण गत बर्ष भन्दा कम छ।
सो क्षेत्रमा बर्सेनि आलु खेतीको विस्तार हुँदै गएको छ । अहिले सैलुङ्को ८५% किसानले व्यावसायिक रुपमा आलुखेती गर्न पुगिसकेका छन् । यति बेला बारीमा थोक मूल्यमा प्रतिकिलो ३५ देखि ४० रुपैयाँमा बिक्री हुने आलु बजारमा पुर्याएर बिक्री गर्नेले प्रतिकिलो एक सयदेखि एकसय ४० रुपैयाँसम्म मूल्य छ।
स्थानीय सैलुङगाउँ पालिका ८ नेकपा एमाले पार्टी अध्यक्ष मोहन तामाङ सामाजिक संजालमा लेखछ्न।
दुई किलोमीटर बाटो बनाएर कृषकले उब्जाएको आलु बजारीकरण गर्न सहयोग नगर्ने स्थानीय सरकारको के आस राखनु बेकार छ। सैलुङको युवा कुसल कार्की प्राकृति प्रेमीले पनि सामाजिक संजालमा पोस्ट गरेको छन स्थानीय सरकारको के आस गर्नु दुई किलोमीटर बाटो बनाउन नसक्ने ले के बनाउछ्न भनेको छन्।