काठमाडौं । आलु खेती प्रवर्द्धनको लागि दोलखाको सैलुङ गाउँपालिकाका किसानले विभिन्न राजनीति दलका शीर्ष नेतालाई कोसेलीको रूपमा आलु उपहार दिएको छ । जिल्लाको शैलुङ्ग गाउँपालिका भित्र उत्पादित हुने आलुको ब्राण्डिङको लागि गौरीशङ्कर च्छोरोल्पा मिडिया प्रा.लि को ब्यानरमा ‘हाम्रो अभियान कृषकलाई प्रोत्साहन’ भन्दै कोसेलीको रूपमा आलु उपलब्ध गराएको हो ।
मिडिया प्रा.लिका अध्यक्ष प्रवीण थपलियाले गाउँपालिकाभित्र पछिल्लो समयमा आलु उत्पादनमा उत्साहजनक रूपमा वृद्धि भएकाले तर बाटोको कारण बजारमा उत्पादन भएको आलु समेत पुर्याउन नसके पछि दबाब दिदै र खेती प्रवर्द्धनको लागि उत्पादित आलु शीर्ष नेता र मन्त्रिलाई कोसेली स्वरूप उपलब्ध गराइएको बताएका छन् । ‘आलु खेती प्रवर्द्धनको लागि कृषि मन्त्रालयको ध्यानाकर्षण गराउन कृषि मन्त्रालय सहित देशको प्रमुख नेताहरूलाई आलु उपहार दिइएको छ’ उनले भने, आलु उत्पादनको पर्याप्त सम्भावना भएको दोलखाको सैलुङ स्थानीय तहले यसको उत्पादन वृद्धि गर्नका लागि पर्याप्त लगानी गर्न कृषकलाई प्रोत्साहन होस् भनेर हामीले आलु उपहार दिइएको हो ।’
किसानले हिजो बुधबार प्रा.लिको ब्यानर सहित रास्ट्रीय प्रजातन्त्र पार्टी (राप्रप)को अध्यक्ष माननीय श्री राजेन्द्र लिङ्देन पार्टी कार्यलय धुमबराही पुगेर कोसेलीको रूपमा आलु उपलब्ध गराएको अध्यक्ष थपलियाले बताए । आलु उपहार लिँदै माननीय लिङ्देन ले गाउँपालिकामा आलुको उत्पादनको सम्भावना निकै राम्रो भएकाले बाहिर निर्यात गरेर दोलखा जिल्ला र सैलुङको मुख्य आम्दानीको स्रोत बनाउन सकिने बताएका छन् । आलु खेतीलाई प्राथमिकतामा राखेर, उत्पादन वृद्धि, पूर्वाधार निर्माण, उन्नत बिउ, प्रविधि, बजारीकरण गर्न हाम्रो पार्टी राप्रपा प्रतिबद्ध समेत रहेकोे बताउदै सैलुङको वास्तविक कृषकले अनुदान पाएकी पाएनन् ??त्यहाँ को कृषकले के भन्छन् ??हामी कृष मन्त्रालयलाई पहल गर्ने र दोलखा सैलुङलाई राष्ट्रिय बालीको रूपमा आलु स्थापित गर्न राप्रपाले आवश्यक पहल गर्ने उनको भनाई थियो ।
अध्यक्ष लिङ्देनले हामीलाई सैलुङको कृषकले उपहार आलु पठाउनु भयो,म सित्तैमा उपहार लिदिन र राप्रपाले लिदैन।उहाहरुलाइ म २ दुइ हजार पुरुस्कार पठाउछु भन्दै अभिनयमा सहभागी संचारकर्मी जानकी बज्राचार्यलाई पुरुस्कार प्रदान गर्नु भएको छ।।
अध्यक्ष लिङ्देनले त्यहाँ उत्पादन गरिएको आलुलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नका लागि आलुको ब्रान्ड निर्माणको तयारी गर्ने समेत भने, अब तपाईँहरूले उत्पादन गरेको आलु देशभर सैलुङको आलुका नाममा परिचित हुनेछ । प्राथमिकताका साथ आलु खेती गरेमा दोलखालाई राष्ट्रिय रूपमा चिनाउने बालीको रूपमा आलु स्थापित हुन सक्ने दोलखका नेता प्रबिन थोकरको भनाई थियो । जिल्लामा आलुको उत्पादनको सम्भावना निकै राम्रो छ । हिमाली हावापानीमा फल्ने आलु बाहिर निर्यात गरेर जिल्लाको मुख्य आम्दानीको स्रोत बनाउन सकिने अवस्था छ । गाउँपालिकाभित्र वार्षिक रूपमा ९० हजार मेट्रिटन भन्दा बढी आलु उत्पादन हुने गरेको छ ।
गाउँपालिका भित्रका किसानको मुख्य आय स्रोतको रूपमा आलु खेती सञ्चालन गर्दै आएका छन् । आलु उत्पादन एवं आम्दानी फस्टाउँदै जाँदा किसानहरूको आर्थिक हैसियतमा समेत सुधार र राज्यको पहुँच अन्य निकायसँग भर पर्नु नपर्ने अवस्थाबाट समेत हैसियतमा परिवर्तन आउने देखिन्छ । सैलुङमा उत्पादन हुने आलु स्थानीय बजारको साथै काठमाडौं तथा देशको विभिन्न बजारमा समेत पुग्दछ । विगतमा मुडेको आलुको नामले काठमाडौंमा पुग्ने यहाँको आलु अहिले भने सैलुङको आलुको नामले समेत परिचित छ । जिल्लाको शैलुङ्ग क्षेत्र गुणस्तरीय आलु उत्पादन हुने क्षेत्र हो ।