सगर थपलिया
काठमाडौं दोलखा शैलुङ्ग गाउँपालिका भित्र उत्पादित हुने आलुको ब्राण्डिङको लागि गौरीशंकर च्छोरोल्पा मिडिया प्रा ,लि को ब्यानरमा “हाम्रो अभियान -कृषकलाई प्रोत्साहन” भन्दै कृषक को हात बाट बिभिन्न राजनीति दलका शिर्ष नेतालाई कोसेलीको रुपमा आलु उपलब्ध गराएको छ । प्रा, लि ले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री मा. श्री प्रकाश ज्वाला लाइ मन्त्रालयमा पुगेर कोसेली आलु उपलब्ध गराएका छन् ।
गौरीशंकर च्छोरोल्पा मिडिया प्रा लि का अध्यक्ष प्रविन थपलियाले गाउँपालिकाभित्र पछिल्लो समयमा आलु उत्पादनमा उत्साहजनक रुपमा बृद्धि भएको र उत्पादित आलु शिर्ष नेता र मन्त्रीलाइ कोसेली स्वरुप उपलब्ध गराइएको बताए ।
शैलुङ्ग गाउँपालिकाभित्र बार्षिक रुपमा ९० हजार मेट्रिटन भन्दा बढी आलु उत्पादन हुने गरेको छ । गाउँपालिका भित्रका किसानको मुख्य आय स्रोतको रुपमा आलु खेति सञ्चालन गर्दै आएका छन् ।
आलु खेती प्रवर्द्धनको लागि कृषी मन्त्रालयको ध्यानाकर्षण गराउन कृषि मन्त्रालय सहित देशको प्रमुख नेताहरुलाई आलु उपहार दिइएको छ।
आलु उत्पादनको पर्याप्त सम्भावना भएको दोलखा सैलुङ्ग स्थानीय तहले यसको उत्पादन वृद्धि गर्नका लागि पर्याप्त लगानी गर्न कृषकलाई प्रोत्साहन होस् भनेर आलू उपहार दिइएको हो अध्यक्ष ले बताए ।
आलु उत्पादन एवं आम्दानी फस्टाउँदै जाँदा किसानहरुको आर्थिक हैसियतमा समेत सुधार र राज्यको पहुँच अन्य निकायसँग भरपर्नु नपर्ने अवस्थावाट समेत हैसियतमा परिवर्तन आउने देखिन्छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री मा. श्री प्रकाश ज्वाला ले दोलखा जिल्लामा आलुको उत्पादनको सम्भावना निकै राम्रो छ । हिमाली हावापानीमा फल्ने आलु बाहिर निर्यात गरेर जिल्लाको मुख्य आम्दानीको स्रोत बनाउन सकिने बताउनु भयो।मन्त्रीमा ज्वालाले उपहारमा आलु लिदै भने ‘तपाईंहरुले बाटोको कारण उत्पादित आलु बजारसम्म पु¥याउन समस्या छ। बाटो बनाउन पहल गर्ने समेत बताउनु भयो आलु खेतीलाई प्राथमिकतामा राखेर, उत्पादन वृद्धि, पूर्वाधार निर्माण, उन्नत बिउ, प्रविधि, बजारीकरण गर्न कृषि मन्त्रालयलाई पहल गर्ने र दोलखा सैलुंगलाई राष्ट्रिय बालीको रुपमा आलु स्थापित गर्न सहयोग गर्ने बताउनु भयो। पालिकाका कृषकलाई हार्दिक धन्यवाद दिदि कृषकलाई योजनाबद्ध तरिकाले खेतीमा लाग्न अनुरोध समेत गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री मा. श्री प्रकाश ज्वालाले त्यहाँ उत्पादन गरिएको आलुलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नका लागि आलुको ब्राण्ड निर्माणको तयारी गर्नु उनले भने “अब तपाइँ हरुले उत्पादन गरेको आलु देशभर सैलुङ्गको आलुका नाममा परिचित हुनेछ ।
सैलुङ्गमा उत्पादन हुने आलु स्थानीय बजारको साथै काठमाडौं तथा देशको विभिन्न बजारमा समेत पुग्दछ । विगतमा मुडेको आलुको नामले काठमाडौंमा पुग्ने यहाँको आलु अहिले भने सैलुङ्गको आलुको नामले समेत परिचित छ ।
दोलखा जिल्लाको शैलुङ्ग क्षेत्र गुणस्तरीय आलु उत्पादन हुने क्षेत्र हो । विगतमा सडकको पहुँच नपुगेको कारण उत्पादित अलु बजारसम्म पुर्याउन समेत समस्या थियो । तर अहिले गाउँसम्म सडक पुगेपछि ती क्षेत्रमा उत्पादित आलु बजारसम्म पुग्न लागेका छन् ।
“हाम्रो अभियान -कृषकलाई प्रोत्साहन”को ब्यानरको साथ संचारकर्मी च्छोरोल्पा टेलिभिजनका प्रबन्ध निर्देशक जानकी बज्राचार्य,राष्ट्रीय युवा संघ, बागमती प्रदेश रचनात्मक बिभाग प्रमुख प्रबिन बस्नेत, राष्ट्रीय युवा संघ,केन्द्रीय सचिवालय सदस्य,रमिला नेपाल ,महिला अधिकारकर्मी अमबिका सिह,र सम्झना खडका पनि सहभागी थिए।