Home > समाचार > चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को १० वर्ष पूरा चीनले ‘सिल्क रोडस्टर’ भन्ने नयाँ फोरम स्थापना

चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को १० वर्ष पूरा चीनले ‘सिल्क रोडस्टर’ भन्ने नयाँ फोरम स्थापना

काठमाडौँ- महत्त्वाकांक्षी चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को १० वर्ष पूरा भएको अवसरमा चीनले ‘सिल्क रोडस्टर’ भन्ने नयाँ फोरम स्थापना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीले यस फोरमको स्थापना गरेको हो।

चीन र दक्षिण पूर्वी एशिया तथा दक्षिण एशियाका राष्ट्रहरुबीच व्यवहारिक समन्वयका लागि यो फोरम स्थापना गरिएको चिनियाँ कम्युनिष्ट पार्टीले बताएको छ। यो फोरममा पाँच महत्त्वपूर्ण परियोजना समेटिएका छन्- सिल्क रोड यात्रा, सिल्क रोड सशक्तिकरण, सिल्क रोड आनन्द, सिल्क रोड उज्यालोपदेश र सिल्क रोड समृद्धि।

 

यससम्बन्धी अभियानमा सहभागी हुन काठमाडौँ आइपुगेको चिनियाँ टोलीले बिहीबार भक्तपुरमा एक कार्यक्रम गरेको छ। ‘सिल्क रोडस्टर : जोइन द राइड फर बेटर फ्युचर’ शीर्षकमा गरिएको कार्यक्रममा चिनियाँ टोलीसाथै विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु पनि थिए। नेपालमा सिल्क रोड इम्बार्कमेन्ट र सिल्क रोड इम्पावरमेन्टको कार्यक्रम गर्न चिनियाँ प्रतिनिधिमण्डल नेपाल आइपुगेको हो।

कार्यक्रममा एमाले, माओवादी, एकीकृत समाजवादी, नेपाल मजदूर किसान पार्टी, नेपाली कांग्रेसलगायतकापार्टीका प्रतिनिधि सहभागी थिए। कार्यक्रममा हजारभन्दा बढी सर्वसाधारण पनि उपस्थित थिए।

कार्यक्रममा आइडिसिपिसीका काउन्सेलर डु शियालिनले सिल्क रोडस्टरका बारेमा बताएका थिए। नेपाली सर्वसाधारणलाई चिनियाँहरुको समूहले निशुल्क चिकित्सा हेरचाह तथा अन्य सेवा पनि प्रदान गरेका थिए। चिनियाँ पक्षले कार्यक्रममा आएकालाई विभिन्न सामग्री पनि वितरण गरेका थिए। भक्तपुरको कार्यक्रमपछि चिनियाँ टोली बुढानिलकण्ठ पुगेर त्यहाँका बासिन्दाका लागि सौर्य बत्ती जडेका थिए।

full copy news-https://deshsanchar.com/2023/07/13/817987/?fbclid=IwAR0tJN9xbKqd0ASU7q3vcziM3gWLOKEU4K_qmPh8DP0klcbfo_hs-AdS30Y

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *