काठमाडौं – पूर्व मेची देखी पश्चिम महाकाली सम्मको मौलिक कला र संस्कृतीको संरक्षण एवम् सम्बद्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा स्थापना भएको सांस्कृतिक समाज नेपालको पहिलो औपचारिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा संस्थाको पहिलो औपचारिक परिचयात्मक तथा प्रमाणपत्र वितरण कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष रामप्रसाद अबस्थीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री छबिलाल विश्वकर्मा प्रमुख अतिथी थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्वमन्त्री विश्वकर्माले संस्थाको पहिलो खुड्किलो नै सफल भएकाले अब यो संस्था आफ्नो गतिमा अघि बढ्ने विश्वास ब्यक्त गरे ।
उनले संस्था जन्मनु मात्रै नभएर संस्थाले देखेको सपना र बोकेको उद्देश्यलाई सधै आत्मसाथ गरेर अगाडी बढे संस्था आफ्नो लयमा अघि बढ्ने बताए । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज समेत रहेका विश्वकर्माले संस्थाका लागि आफूले गर्नुपर्ने सम्पूर्ण सहयोग निधक्क रुपमा गर्न तयार रहेको समेत बताए ।
विविध कला र संस्कृतिले भरिपूर्ण रहेको देशका लोप भैरुहेका मौलिक संस्कृतिहरुको संरक्षण , सम्बद्धन र उजागर गर्नका निमित्त स्थापना भएको संस्थालाई सबै माझ चिनाउन र आफ्ना आगामी योजनाहरुको बारेमा जानकारी गराउन पहिलो औपचारिक कार्यक्रम गरिएको संस्थाका अध्यक्ष रामप्रसाद अबस्थीले बताए ।
उनले कलाप्रेमी , संस्कृतीप्रेमी अग्रजहरुको सल्लाह र सुझाव अनुसार काठमाडौंलाई कर्मथलो बनाएर बसिरहनुभएका देशभरवाटै प्रतिनिधित्व गर्ने कलाकर्मीहरु सम्मेलित संस्थाको स्थापना गर्न सफल भएको बताए । मौलिक सस्कृती संरक्षण गर्नका लागि आफूहरु अभियान स्वरुप अगाडी बढिरहेको र पहिलो अभियानको सुरुवात सुदूरपश्चिमवाट गर्ने उद्धघोष समेत उनले गरे ।
आगामी भदौ ४ गते गौराको अबसरमा काठमाडौंमा मौलिक देउडा साझँको आयोजना गरिहेको बताउदै अध्यक्ष अबस्थीले यस कार्यक्रमलाई सफल पार्नका लागि सम्पुर्ण सुदुरपश्चिम देखी कर्णाली प्रदेशका देउडा पारखीसंगै सिङ्गो देशभरिका कलाप्रेमी र संस्कृतिप्रेमीहरुको साथ र सहयोगको खाचो रहेको बताएका छन् ।
हामीले आज संस्था गठन भएपछि पहिलो औपचारिक कार्यक्रम सम्पन्न गरेका छौं , जो सोचे भन्दा बढी राम्रो भब्य र सम्भ भएको हामीले आभाष गरेका छौ आफैमा कुशल गायक तथा संगीतकार रहेका अबस्थीले भने अब हाम्रो मिसन भनेको भदौ ४ मा छ , हामी त्यसको तयारीमा छौं यसमा सबैले साथ दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं । कार्यक्रममा सहभागी अन्य बिशिष्ट ब्यक्तिहरुले संस्था जन्माउनु ठूलो कुरा नभई संस्था जम्मेपछि त्यसलाई जिवन्त राख्नका संस्थालाई चलायमान बनाइराख्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा सहभागी बरिष्ठ कलाकारदेखी कला, संगीत र संस्कृतीप्रेमीहरुले संस्थाले आगामी भदौमा आयोजना गर्न लागेको मौलिक देउडा साझँलाई सफल रुपमा सम्पन्न पार्न आ आफ्नो तर्फवाट महत्पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता जनाएका छन् । नव गठित उक्त संस्थाको कार्य समितिमा अध्यक्ष रामप्रसाद अबस्थी, उपाध्यक्ष महेस कुमार औजी , महासचिव अमृत खाती , सचिब बिपिन किरण , कोषाध्यक्ष जमुना गौतम रहेका छन् भने सदस्यहरुमा पुर्णकला बिसी , शोभा थापा, दिपा रोकाया, हेमन्ता भट्टराइ, आयुस्मा कार्की, रोजि कुवर, सुनिल नेपाली, सुजाता केसि, निरुता खत्री रहेका छन् ।
यस्तै बरिष्ठ देउडा गायक नन्दकृण जोशीको संयोजकत्वमा ५ सदस्सीय सल्लाकार समिति समेत चयन भएको छ । जसको सदस्यमा यज्ञराज उपाध्याय, चन्द्र शर्मा , लोकेन्द्र साउद र पदम रोकाया रहनुभएको छ । परिचयात्मक तथा प्रमाण पत्र वितरण कार्यक्रममा बरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, कुसल सस्थागत संगठक चन्द्र शर्मा, राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, लोकप्रिय कलाकारहरु भुबन बडु, रेखा जोशी, लक्ष्मण अधिकारी, विरही बम, टेक बोगटी लगायतका थुप्रै कलाकारहरुको सहभागीता रहेको थियो ।
पहिलो औपचारिक कार्यक्रममा नवगठित संस्थाका पदाधिकारीहरुलाई प्रमणपत्र वितरण गरिनुभएका साथै विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । साथै गायिका तथा संचारकर्मी हेमन्ता भट्टराईको माईत बोलको नयाँ तिज गित विमोचन समेत गरिएको थियो । कार्यक्रमको संचालन लोकप्रिय गायक तथा संस्थाका महासचिब अमृत खाती गरेका थिए ।