Home > मुख्य समाचार > प्रहरी निरीक्षक हेमन्त राईले प्रहरी जवानलाई कार्यालयमै हातखुट्टा बाँधेर दिए यातना

प्रहरी निरीक्षक हेमन्त राईले प्रहरी जवानलाई कार्यालयमै हातखुट्टा बाँधेर दिए यातना

सिरहा — जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई कार्यालय परिसरभित्र अभियुक्तलाई झैं हतकडी लगाएर यातना दिएको भिडियो सार्वजनिक भएको छ ।

रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हेमन्त राईको नेतृत्वमा सोमबार साँझ यातना दिएको भिडियो सार्वजनिक भएको हो । रायलाई सिरहा बजारबाट साँझ नियन्त्रण लिएर कार्यालयभित्रै हतकडी लगाउनुका साथै बाँधेर राखिएको थियो ।
महोत्तरीको जलेश्वर नगरपालिका-८ फुलहट्टाका रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिइएको हो ।

हतकडी लगाएर लडाइएको दृश्य देखिएको भिडियोमा प्रहरी जवान रायले पटकपटक ‘यस्तो यातना नदिनु न सर’ भनेको सुनिन्छ । मदिरा सेवन गरेको भने पनि रायले प्रतिकार गर्दै मैले मदिरा सेवन गरेको छैन भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *