काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको अन्त्येष्टि आजै गरिने भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी दाहालको अन्तिम संस्कार बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा गरिने सचिवालयले जनाएको छ।
पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा‚ कोटेश्वरमा राखिने बताइएको छ । उनी ६९ वर्षकी थिइन् ।
प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माका अनुसार सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको डा. शर्माले जनाएका छन्