२०८० असार २२ गते राष्ट्रिय नाचघर जमलमा सुपा देउराली म्युजिक प्रा.लि.ले बिभिन्न क्षेत्रका स्रष्टा कलाकारहरुलाई सम्मान पत्रले सम्मान गरेको छ । कम्पनीका अध्यक्ष मोतीराज खनालको सभापतित्वमा, कार्यक्रमको संयोजन यमन खनाल, प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति गोपालमान श्रेष्ठ रहेका थिए भने विशिष्ट अतिथिहरुमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षक चन्द्र प्रसाद गौतम, पत्रकार प्रेम नारायणा अाचार्य, वरिष्ठ गीतकार मीन सागर लामा, वरिष्ठ गीतकार शंकर अधिकारी घायाल,वरिष्ठ कलाकार यादव बैरागी लगायत रहेका थिए ।
कार्यक्रममा विशिष्ट गायिका ज्ञानु राण लगायतलाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।
यसै जन आकाश मिडियाका अध्यक्ष तथा जन आकाश साप्ताहिकका प्रधान सम्पादक पत्रकारिता सम्मानवाट सम्मानित हुनु भएको छ ।
सम्मानित हुने स्रष्टाहरुको नामवली यसप्रकार छ ।
ज्ञानु राणा विशिष्ट गायिका, मोहन कार्की पत्राकार, बिष्णु खत्री वरिष्ट लोक गायक,शिवशंकर रिजाल, रामचन्द्र काफ्ले वरिष्ट गायक, आङतेम्बा शेर्पा हिमाल पर्वतारोही, डिका गुरुङ ध्यानि सम्पादक, जुनु रिजाल गायिका, सानुराम भट्टराई गायक तथा सर्जक, माधव भण्डारी एरेन्जर, सित्तल केसी नायक, टिका बम्जन संगीतकार, जीवन परियार गायक, नवराज जंग थापा चलचित्र निर्माता, शैलाप वाइवा गायक, नवराज ढुङगाना लोक गायक, रमेश श्रेष्ठ संगीतकार तथा भिडियो निर्देशक, रमेश पाठक गायक, शिशिर साधक संगीतकार, विनोद ढकाल गायक गीतकार संगीतकार, निरेन श्रेष्ठ निर्देशक, विजेन्द्र नौवागे मोडल, शान्त शिशिर गायक ग्रफीक डिजाइनर, सुमिता बुढा चर्चित गायिका, प्रेम शर्मा पौडेल म्युजिक भिडियो निर्देशक तथा सम्पादक, दिल कुमार विक गायक, हेमराज डागी गायक एरेन्जर तथा ध्वनि सम्पादन, कमला पोखे्रल गायिका, शिशिर पौडेल मोडल, कृष्ण सापकोटा मोडल, प्रेम नारायण आचार्य पत्रकार, दिलिप केसी गायक संगीतकार कृष्ण प्रसाई पुर्वअञ्चल तिम्रो सुरका पहिलो गायक, सिम्रन दुलाल मोडल राट्रिय संगीतकर्मी संघ भक्तपुर, कृष्ण गैरे गायक, अभिनव चौहान गायक गीतकार, दिपेश एसके कोरियो ग्रफ तथा मोडल, दिपेश श्रेष्ठ गायक, प्रतिमा गुरुङ गीतकार तथा समाजसेवी, कमला रिसाल साहित्कार गायिका, मञ्जुल लावती गायिका, सुस्मिता स्याङतान गायिका, चिरन्जिवी भण्डारी गायक, संकरदेव कडेल गीतकार कलाकार, बिष्णु खड्का भिडियो सम्पादन, अमन श्रेष्ठ मोडल, केशव भुसाल कलाकार, तिमा पाख्रिन लामा सेलो गायक, अभिनय यादव गायक, नवराज बस्नेत गायक, ज्ञानेन्द्र शाही संगीतकार रचनाकार, विशालनाथ योगी मोडल, डिक बहादुर कट्टवाल समाजसेवी, पारास कुमार श्रेष्ठ मोडल, कृष्ण केसी मोडल, हरि नेपाली पञ्चेवाजा प्रशिक्षक, मदन राई मिडियो सम्पादन, संदीप मगर गीतकार, उदयराज परियार गायक, अभिमेस गुरुङ शृगार,मञ्जरी तामाङ बाल कलाकार, सुवि दाहाल भिडियो सम्पादन रहेका छन् ।
कार्यक्रमका बिशिष्ट अतिथिको रुपमा आएका सशस्त्र प्रहरी बलका अत्तिरिक्त महानिरिक्ष चन्द्र प्रसाद गौतमले सस्कृतिक क्षेत्र यस्तो हो जाहा यसको भुगोल, जात, देश हुदैन यो फराकिलो संसारमा रहेका राष्ट्रका कलाकार, पत्रकार, विशिष्ट व्यात्तित्वहरुलाई सम्मान गरेर राष्टलाई योगदान पु¥याएकोमा सीपा देउराली म्युजिक प्रा.लि.लाई धन्यवाद र अउदा दिनमा अझै धेरै प्रगतिको शुभकामना दिएका थिए ।
त्यसैगरी बिशिष्ट अतिथिमा आएकी विशिष्ट गायिका ज्ञानु राणाले ५० बर्ष अगाडीका पुराना गीत गाएर सुनाएकी थिइन । भने अन्य कलाकारहरुले पनि आफ्नो प्रतिभा देखाएका थिए । गायिका जुनु रिजालले आफ्नो भरखरै आउन लागेको गीत र पुराना गीतलाई ट्रयाक बिनै गाएर सुनाएकी थिइन ।
कार्यक्रमलाई नृत्य, गीत, कविताले भरपुर मनोरञ्जनात्मक बनाइएको थियो ।
त्यस कार्यक्रमको प्रमुख अतिथिको रुपमा आएका पुर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति गोपालमान श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै देशमा अहिले धेरै विकास भएको छ । थुप्रै काण्डहरु पनि आएका छन् । गर्नुपर्ने काम धेरै भएको बताए भने अर्को प्रशंगमा कलाकार राष्टका गहना हुन् । कलाकारले बिकृति, विसंगति हताउन र बिशेष गरेर गायिका ज्ञानु राणाको ५० बर्ष पछि पनि स्वरमा एकरुपता देखेर हौशला मिलेको बताएका थिए ।
प्रमुख अतिथि र विशेष अतिथिहरुलाई कार्यक्रमका सभापतिद्धारा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन कलाकार स्रष्टा विजेन्द्र नौवागेले कविता, गीत, चुटकिला भन्दै उत्कृष्ट ढंगवाट प्रस्तुती दिएका थिए । कार्यक्रम झण्डै ४ घण्टा चलेको थियो ।