प्राकृतिक प्रकोप घटनामा परेकालाई तत्काल उद्धार तथा राहत वितरणमा सहयोग पुर्याउन सजिलोको लागि समिति चयन गरेको छ ।
एसएस फाउण्डेशनले दोलखामा उद्धार तथा राहत वितरणको लागि गत बुधबार नवराज खड्काको संयोजकत्वमा समिति चयन गरिएको हो ।
एसएस फाउण्डेशनका अध्यक्ष कलाकार मदनदास श्रेष्ठको उपस्थितिमा समिति चयन गरिएको हो ।
स्थानीय प्रशासनको समन्वयमा काम गर्ने उद्धेश्यले प्रतिनिधि चयन गरेको हो । दोलखामा चयन गरिएको एसएस फाउण्डेशनको समितिले पीडामा परेका नागरिकलाई रात हुने उचित सहयोग पुग्ने गरी काम गर्ने छन् ।
समितिको संयोजक नबराज खडका (राजा भाई) र सदस्यहरुमा सुदिप गोले (कुमार), सप्पन गोले, पाण्डप सिंह पान्डे, सोनिका श्रेष्ठ, नवराज खड्का र सरिता गोले रहेका छन् । सामाजिक क्षेत्रमा कृयाशील संस्थाको रुपमा परिचित फाउण्डेशनले दोलखाको शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपका घटनाहरु लगायतका क्षेत्रमा विविध सहयोग गर्दै आएको छ । श्रोत –https://www.edainikkhabar.com