Home > पर्यटन > प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तमले गरे सगरमाथाको सफल आरोहण

प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तमले गरे सगरमाथाको सफल आरोहण

काठमाण्डौ – नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक (वरिष्ठ सई) पुरूषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । नेपालीले मंगलबार बिहान १० बजेर १५ मिनेटमा सगरमाथा आरोहण गरेका हुन्।

उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को झण्डा फहराएका छन्। इन्टरपोलको १०० औं सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रमअन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक नेपालीले सगरमाथा आरोहण गरेका हुन्।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झण्डाहरू हस्तान्तरण गरी नेपालीसहितको आरोहण दल २०८० वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *