Home > कला र साहित्य > दशौ म्युजिक खबर म्युजिक अवार्डमा उत्कृष्ट पप गीतकारको अवार्ड दाहाललाई प्रदान

दशौ म्युजिक खबर म्युजिक अवार्डमा उत्कृष्ट पप गीतकारको अवार्ड दाहाललाई प्रदान

काठमाण्डौ – बैशाख १५ गते राजधानीमा सम्पन्न भएको दशौ म्युजिक खबर म्युजिक अवार्डमा गीतकार रमेश दहाललाई उत्कृष्ट पप-गीतकारको अवार्ड प्रदान गरिएको छ । टीका दाहालको सङ्गीत तथा सुरक्षा सेन्चुरीको स्वरमा सजिएको ‘कौवा करायो’ बोलको गीतका लागि गीतकार रमेश दहाललाई उत्कृष्ट पप गीतकारको अवार्ड प्रदान गरिएको हो । विगत तिन दशकदेखि नेपाली मुलधारको गीत लेखनमा सकृय दहाल आधुनिक, पप तथा राष्ट्रभाव विधाका गीत लेख्छन् भने नेपाली गीत संगीतले नेपाली समाजमा पारेको प्रभाव बारे लेख-आलेख तयार समेत गर्दछन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डको दशौं संस्करणमा प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो भने नेपाली गीत-सङ्गीतमा उल्लेख्य स्थान हासिल गरिसकेका राष्ट्रिय स्तरका गीत(सङ्गीतकर्मी, रेडियोकर्मी र पत्रकारले अवार्ड तथा सम्मान चुमेका थिए ।
कार्यक्रममा पप-गीत लेखनमा अवार्ड प्राप्त गर्न सफल दहालका सयौ गीतहरु चर्चित भएका छन् । रेडियो नेपाल, गीतकार संघ नेपाल, इमेज अवार्ड, सगरमाथा अवार्ड, जिनियस अवार्ड लगायत दर्जन अधिक राष्ट्रिय स्तरका अवार्ड प्राप्त गरीसकेका दहालले यस अघि पनि म्युजिक खबर म्युजिक अवार्डको आठौ श्रृङ्खलामा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियशी’ बोलको उत्कृष्ट राष्ट्रभावको गीतका लागि अवार्ड प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *