Home > कला/साहित्य > बरिस्ठ नृत्य निर्देशक दिनेश पाख्रीन लाई नृत्य रत्न सम्मान २०८० प्रदान

बरिस्ठ नृत्य निर्देशक दिनेश पाख्रीन लाई नृत्य रत्न सम्मान २०८० प्रदान

काठमाण्डौ – नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको शुभ अवसरमा आयोजित ‘राष्ट्रिय चलचित्र साँस्कृतिक रत्न सम्मान २०८०’ सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा शुक्रबार जमलस्थित नाचघरमा सम्पन्न कार्यक्रममा कला क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका बिशिष्ठ कलाकर्मीहरुलाई ‘राष्ट्रिय चलचित्र साँस्कृतिक रत्न सम्मान २०८०’बाट विभूषित गरिएको थियो ।

नेपाल चलचित्र नृत्य संघ ले हरेक वर्ष विशिष्ट को आधार मा प्रदान गर्दै आयको राष्ट्रिय चलचित्र साँस्कृतिक नृत्य रत्न सम्मान २०८० बरिस्ठ नृत्य निर्देशक दिनेश पाख्रीन लाई प्रदान गरियको छ ।

सम्मानित हुनुहुने ब्यक्तित्वहरुमा डा. भोला रिजाल, बसुन्धरा भुषाल, दयाराम दाहाल, राजकुमा राई,शान्तीप्रिय, सुमिना श्रेष्ठ, धीरज राई, कृष्ण कँडेल, ज्याक श्रेष्ठ, विकाश चौधरी, अमृत भारती, पल शाह ,अमर ओली, दिनेश केसी, गोपालकाजी कायस्थ, रोहित रुम्बा, ओम सुनार, अच्युत बजगाई,  गीता अधिकारी, तारादेवि लिम्बु, गणेश सुवेदी, नवराज श्रेष्ठ, कुमार मोक्तान, रमेश कोइराला, दिपेन्द्र खड्का सुनिता भट्टराई लगायतले सम्मान ग्रहण गर्नुभएको कुरा संघका सचिव लिलाधर भट्टराईले जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *