Home > मुख्य समाचार > संक्रमणकालीन समयको विषय मुलुकको साझा विषय हो :सांसद प्रदीप यादव

संक्रमणकालीन समयको विषय मुलुकको साझा विषय हो :सांसद प्रदीप यादव

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले आइतबारको प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रतिशोधले शान्ति नभइ अर्को प्रतिशोध जन्माउने बताएका हुन्।

उनले भने,‘द्वन्द्व सकिएको १६ वर्ष भयो तर शान्ति पक्रियाका सबै काम पूरा भएको छैन। तसर्थ यो विधेयक स्वागतयोग्य छ। विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ता एक जना गिरिजाबाबुको बाटो पनि यही हो। अर्को हस्ताक्षरकर्ता प्रचण्ड यहीँ हुनुहुन्छ, उहाँको पनि सोही बाटो हो।’

यस्तै, नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डेले फेरि रक्तपातपूर्ण नेपालको कल्पना गर्न नसक्ने बताए। पाण्डेले विधेयक समयसापेक्ष र उपयुक्त भएकाले ढिलो नगरी सदनबाट पारित गर्नुपर्ने उल्लेख गरे।

उनले भने,‘संक्रमणकालीन समयको विषय मुलुकको साझा विषय हो। प्रतिशोधले प्रतिशोध नै जन्माउने भएकाले त्यसतर्फ फेरि लाग्नु हुँदैन।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली घाइतेको घाउमा मल्हम लगाउन ढिला भएको बताए। उनले भने, ‘कुनै पनि बाहनामा पीडितलाई न्याय दिन ढिला गर्नु हुँदैन। विधिको शासनको खिल्ली उडाउनु हुँदैन।’

जनता समाजवादी पार्टी (जसपा) सांसद रन्जु कुमारी झाले आयोगमा कस्तो व्यक्ति नियक्त गर्ने भनेर प्रश्न गरेकी छन्। आयोगमा पीडितको पक्षमा काम गर्नुपर्ने व्यक्ति नियुक्त गर्नुपर्नेतर्फ उनले जोड दिएकी छन्।

 

साभार -https://deshsanchar.com/2023/03/26/778697/

Leave a Reply

Your email address will not be published. Required fields are marked *