Home > समाचार > पोखरेल र लुईटेललाई मुम्बईमा ‘दादासाहेव फाल्के अवार्ड प्रदान

पोखरेल र लुईटेललाई मुम्बईमा ‘दादासाहेव फाल्के अवार्ड प्रदान

काठमाडौँ – बरिष्ठ गायक सिताराम पोखरेल र बरिष्ठ पत्रकार राजेन्द्र लुईटेल भारतमा सम्मानित भएका छन् । उनलाई ‘दादासाहेव फाल्के इन्डियन टेलिभिजन अवार्ड २०२३’ बाट सम्मान गरिएको हो । भारतको मुम्बई स्थित ताज होटेलमा हालै आयोजित एक भव्य समारोहबीच पोखरेल र लुईटेललाई सम्मान प्रदान गरिएको हो ।
‘दादासाहेव फाल्के इन्डियन टेलिभिजन अवार्ड २०२३’ भारतको प्रतिष्ठित अवार्ड मध्यको एक हो । पोखरेल लाई यो अवार्ड गायनको कारणले दिइएको हो । विगत तीन दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो मोडलिङमा सक्रिय पोखरेल सामाजिक कार्यमासमेत सक्रिय रहँदै आएका छन् । गायक पोखरेलका सयौँ गीत बाहिर आएका छन् । ति मध्य दर्जनौँ हिट छन् ।
त्यस्तै विगत दुई दशक देखी विभिन्न मिडियामा सक्रियरुपमा पत्रकारिता गर्दै आईरहेको लुईटेललाई पत्रकारिताका माध्यमले देश र समाजमा प्रदान गरेको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको छ । दुबैजानालाई  भारतीय एसिपि सञ्जय पटेलले ,बरिष्ठ मिडिया व्यक्तित्व अख्रिलेश सिंह, प्रशीद्ध टेलिभिजन अभिनेत्री चाँदनी शर्मा लगायतका व्यक्तित्वहरुले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *