काठमाण्डौ – परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष तथा विशिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौलाले आज एक विज्ञप्ति जारी गर्दै पोखरामा भएको यति एयरलाईन्स दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् । साथै निरौलाले विज्ञप्तिमा भनेका छन ” मिति २०७९ साल माघ १ गते आईतबार विहान १०ः ३० बजे काठमाडौं देखि पोखराका लागि २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सहित ६८ जना यात्रुहरु र चालक दलका ४ जना सदस्य सहित ७२ जना सदस्य बोकेर उडेको यती एयरलाइन्सको ९ एन–एएनसी विमान गन्तव्यमा नपुग्दै दुर्घटनामा परेको खबरले परिवर्तन नेपाल परिवार स्तव्ध भएका छौं ।
आजको यस घटनाले नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि एक पटक पुष्टि हुन पुगेको छ । दुर्घटनामा परि ज्यान गुमाउन पुगेका मृतकका परिवारहरुलाई राहत तथा क्षतीपुर्तिको व्यवस्था मिलाउदै दुर्घटनाको कारण र यसलाई आगामि भविष्यमा नदोहोरिन दिन चाल्नु पर्ने कदमहरुको बारेमा तत्काल ठोस कदम चाल्न नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहान्छौं ।
यस दुर्घटनामा जीवन गुमाउने हुने विमानमा सवार ५३ नेपाली, ५ भारतिय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अष्ट्रेलियन, १ आईरिसर १ फ्रान्सेली सहित ४ जना चालक दलका सदस्यहरुको प्रति परिवर्तन नेपाल परिवार श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।” निरौलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएको छ ।