साउदी अरव । नेपाली सेफ सरोज थापाले साँउदीमा क्रिसमस र अंग्रेजी नयाँ वर्षको दिन आफ्नो पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल भएका छन । उनको केक र पेष्ट्रि बोफे अबलोकन गर्न आउने साउदी अरवलगाएत देशका नागरिकहरु दङ्ग परेर फर्के र उनि वाह वाहका पात्र साबित भएका छन ।
पेस्ट्रिका एक्जुकेटिभ सेफ सरोज थापाले नेपाली कोदो र टीमुरको प्रयोग गरि केकलाई नयाँ क्रियसनमा छुट्टै कला दिई बिभिन्न प्रकारका केकहरु बनाएका थिए । उनका हातले बनाएका र निर्देशन अनुसार टिमले देखाएको यो कलाको अबलोकन गर्न आउनेहरुले खुलेर प्रंशशा गरेका थिए । उनको कला त्यो पनि नेपालीको छोरोले कहा सिक्यो भन्ने त्यहा उपस्थित सबैलाइ जिज्ञासा रहेको थियो ।
थापाले दर्जनौ फ्लेबरका केक र पेष्ट्रिलाई विभिन्न आकिर्ती दिएर होटलको रेष्टुरेण्टका बोफेहरुमा प्रर्दशनमा राखेका थिए । केक र पेष्ट्रिका याबत आक्रितीले सबैको मन लोभ्याएको थियो । उनले बनाएका केक र पेष्ट्रिका आक्रितीको अबलोकन गर्दा छुट्टै संसारमा पुगेको अनुभव भएको उपस्थितहरुले बताएका थिए । दर्जनौ होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ हुदै साँउदीको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सम्हाल्न साउदी पुगेका थापा सबैका प्रिय पात्र रहेका छन । नेपाली सेफ सरोज थापाले साउदीमा क्रिसमस र अग्रेजी नयाँ वर्षको दिनमात्रै होइन प्राय प्रत्यक दिन आफ्नो पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल भईरहेका छन । क्रिसमस र अग्रेजी नयाँ वर्षको दिन उनले दर्जनौ फ्लेबरका केक र पेष्ट्रिका विभिन्न आक्रिती बनाएका थिए । सो अवसरमा केक चाख्ने र फोटो खिच्नेको भिडनै लागेको थियो ।
नेपालको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुलपानीमा मध्यम परिवारमा जन्मिएका थापा बाल्यकालदेखि नै अदितीय क्षमताले भरिएका ब्यक्ति थिए । स्कुल जिवनमा हस्तकला र चित्रकलामा बिरेन्द्र सिल पनि
जितेका थापाले अहिले विश्व चर्चित पेस्ट्री सेफका कार्य सम्पादन गर्न निकै सहज साबित भएको बताउछन । उनले राम्रो पेस्ट्री सेफ हुनका लागि कला अत्यन्त जरुरी रहेको हामीसँगको भेटमा बताए । बाल्यकालदेखि नै कलामा सौखिन भएका कारण नै आज मलाई यो पेशामा आउन सहज भयो थापाले बताए । २०५४ सालमा एसएलसि पुरा गरि राजधानी छिरेका उनले सरस्वती बहुमुखी क्यामपसमा रातीको सिफ्टमा भर्ना भै उच्च शिक्षा हासिल गरे । एउटा गाउँबाट शहर छिरेको युवालाई दैनिक जिवन चलाउन त्यती सहज थिएन थापा बताउछन ।
दिनमा बाहिर काम गरि रातमा क्याम्पस पढ्ने गरेका थापाले प्रबिणता प्रमाण पत्र पुरा गरि कालीमाटीको एक आइसक्रिम पसलमा काम गरेको बताउछन । काम गर्दै पर्यटन र होटल व्यवस्थापनमा नेपाल एकेडेमी कलेजमा कुलिनरीमा डिप्लोमा पुरा गरि सांग्रिला होटलमा इन्टर्न शुरु गरेका थापा अहिले बिश्वमा चर्चित सेफ बन्न सफल भएका छन ।
होटल सांग्रिलामा इन्टर्न गर्ने क्रममा एक फ्रान्सेली पहुनाले थापाको कार्यदक्षता देखेर निकै प्रशंशा गरे र तुरुन्त उनलाई मानव संसाधन विभागले बोलाएर स्थायी स्टाफको रुपमा नियुक्ती दिलाएपछि उनको जिवनको करिअरले एक महत्वपूर्ण टर्निङ गरेको थापा बताउछन ।
होटल सांग्रिलामा आफ्नो कला देखाएका थापा केही समयपछि अवसरको खोजिमा दुबई पुगे । दुबईमा धेरै होटेलमा अत्यन्त सफलता हासिल गरेका थापा अहिले थप अवसरको लागी साउदी अरवको केम्पिनस्की होटलमा पेस्ट्रिका एक्जुकेटिभ सेफका रुपमा बिगत १ बर्षदेखी कार्यरत रहेका छन । जुनसुकै क्षेत्रमा पनि लगनशिलता र मेहनत गर्दा सफल बन्न सकिन्छ भन्ने उदाहरणका पात्रका रुपमा लीईएका थापा हाल पनि ६००० भन्दा बढी तलव सुविधा लिएर साउदीमा कार्यरत छन ।