Home > खेलकुद > प्रधानमन्त्री कप क्रिकेट: त्रिभुवन आर्मीको दोस्रो जित

प्रधानमन्त्री कप क्रिकेट: त्रिभुवन आर्मीको दोस्रो जित

काठमाडाैँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा दोस्रो जित हात पारेको छ।

आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४७.4 ओभरमा अलआउट हुँदै १ सय ६६ रन बनाएको थियो। जवाफमा गण्डकीले ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो।

गण्डकीका लागि समीर कँडेलले सर्वाधिक ३९ रन बनाए। कप्तान विपिन खत्री १९ र अर्जुन कुमालले १४ रन बनाए। आर्मीको सहज जितमा सुसन भारीले सर्वधिक ५ विकेट लिए।

त्यस्तै, कुशल मल्ल र साहब आलमले समान २-२ विकेट लिए भने बिक्रम सोबको नाममा एक विकेट रह्यो। त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीको लागि कप्तान विनोद भण्डारीले अर्धशतकीय इनिङ खेले।

उनले ७९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा विक्रम सोबले ३९ रन बनाउँदा अनिल मण्डलले २६ र अर्जुन साउदले १३ रन बनाए।

गण्डकीकालागि विपिन खत्रीले सर्वाधिक ४ विकेट लिए। यस्तै कमल परियार २, सुवास भण्डारी, चन्द्र पौडेल र अमूत गुरुङले ११ विकेट लिए।

जितसँगै आर्मीले ३ खेलबाट ४ अंक बनाउँदै सेमिफाइनलको सम्भावना कायम राखेको छ। पराजित गण्डकीको ४ खेलबाट ५ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ। यस समूहबाट एपीएफ क्लब तीन खेल जितेर सेमिफाइनलमा प्रवेश गरिसकेको छ।copy-https://deshsanchar.com/2022/11/06/724826/

Leave a Reply

Your email address will not be published. Required fields are marked *