काठमाण्डौ – नुवाकोटआसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान परकम्प गएको छ ।
आज बिहान ५ बजेर २६ मिनेट ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। यो परकम्पको धक्का काठमाण्डौ उपत्यकामा समेत महसुस गरिएको छ ।
यसअघि गएको आइतवार खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि खोटाङमा पनि पटक–पटक परकम्प गएका छन्।