९ साउन, काठमाडौं । २४ घण्टामा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार चार हजार ८०० परीक्षणमा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ पुगेको छ ।