दोलखा / ९ साउन -बिगतका दिनहरुमा जस्तै स्मार्ट दोलखा स्वतंत्र आवाज़ले फेरी पनि स्मार्ट अभियान लिएर *वर ,पिपल र समि जस्ता बहुआयामीक बहु प्रशिद्ध वृक्षको संरक्षण गरौँ lभन्ने नारा लिएर निशुल्क रुपमा वृक्षारोपणका लागि विरुवा वितरण कार्यक्रम सम्पन्न भएको छ।
गाउँ घरहरुमा हाम्रा पुर्खाले वर-पिपलका चौतारीहरु बनाए, आवश्यकताको आधारमा रुख-बिरुवा रोपे। प्राकृतिक सम्पदाको स्याहार-सम्भार गर्नु , वातावरण संरक्षण गर्नु, संस्कृति सम्पदाको रक्षा गर्नु , स्वस्थका हरेक समस्या यिनै बोटबिरुवाबाट निराकरण गर्नु उनीहरुको दैनिक रुचि र बाध्यता हुन्थ्यो। भएको भौगोलिक बनावटलाई बिगारेर भन्दा अत्यन्त कम क्षति गरेर उनीहरुले प्राकृतिक बसाइमै जोड दिन्थे। हामीले भने बिकासको क्रममा गाउँमा भएका चौतारीहरु नस्ट गर्यौं। अलिकति कम क्षति गर्न सकिने ठाउँमा पनि जानेर वा नजानेर जमिनको प्राकृतिक सन्तुलन बिगार्यौं।
जसले गर्दा अहिले हाम्रो गाउँघरमा पहिरो जाने क्रम व्हात्तै बढ्यो।विद्यालयहरुमा यस्ता रुख बिरुवाको महत्वमा जोडदिन सकेको अबस्था छैन।त्यसैले हामीले हाम्रा गाउँहरुलाई बिकसित तर पहिले जस्तै प्राकृतिक र मौलिक बनाउने अभियान चालौं। प्रत्यक टोल-टोलमा वर-पिपल तथा अन्य रुखहरु रोपौं र चौतारीको निर्माण गरौं।
यस्तो गर्न सकियो भने हामी सुरक्षित त हुन्छौं नै, बिध्यालयहरुमा यस्ता रुख बिरुवाको महत्व बुझ्न र बुझाऊन विशेष अभियान स्मार्ट दोलखा स्वतंत्र आवाज़ले पुराना ऐतिहासिक रुख संरक्षण तथा नयॉ विरुवा रोप्नकोलागि स्मार्ट दोलखा स्वतन्त्र आवाज द्वारा आयोजित जिल्ला ब्यापि रुपमा वर,पिपल र समिको बिरुवा बितरण तथा वृक्षारोपण कार्यक्रम आइतबार वन कार्यालय दोलखामा गौरीसंकर गाउपालिका , भिमेश्वर नगरपालिका , मेलुंग गाऊपालिका , तामाकोशि गाऊपालिका, सैलुंग गाऊपालिका , बैत्येश्वर गाउपालिका , कालिन्चोक गाऊपालिका सहभागी गराई वृक्षारोपण तथा बिरुवा वितरण गरिएको छ।
डिभिजन वन कार्यालय धनुषा,ले निशुल्क बिरुवा उपलब्ध गराएको थियो।
उक्त बिरुवा वितरण कार्यक्रम ‘हरियो वन नेपालको धन’, ‘फोहोर मैला व्यवस्थापन गरौँ’, ‘वन विनास ज्यानको नास’, ‘एक मात्र पृथ्वी’ भन्ने उदेश्यले बितरण गरिएको स्मार्ट दोलखा स्वतन्त्र आवाज तथा ” नेपाल सुशासन” पार्टीको केन्द्रीय सदस्य बसन्त तिवारीले वातावरणीय प्रदुषणका कारण मानव जीवन मात्रै नभएर सम्पूर्ण जीवन जगतमा विभिन्न समस्या आइरहेको छ ।अझ पनि हामी सचेत नहुने र यस्ता कार्यक्रम नगर्ने तथा चेतना नफैलाउने हो भने स्थिति अझ डरलाग्दो हुन्छ ’ तिवारीले च्छोरोल्पा अनलाइन खबरलाई बताउनु भएको छ ।
तिवारीले सहजिकरण तथा निशुल्क बिरुवा उपलब्ध गराउनुहुने डिभिजन वन कार्यालय धनुषा , बागमति प्रदेश सरकार तथा विरुवा ढुवानिका लागि सहयोग गरिदिनु भएकोमा रमेश खरेल,जिल्ला प्रहरी कार्यालय धनुषा डिभिजन वन कार्यालय दोलखा का साथै वृक्षा रोपणमा सहयोग गर्नुहुने गौरीसंकर गाउपालिका , भिमेश्वर नगरपालिका , मेलुंग गाऊपालिका , तामाकोशि गाऊपालिका , सैलुंग गाऊपालिका , बैत्येश्वर गाउपालिका , कालिन्चोक गाऊपालिका लगायत सम्पुर्ण सम्पुर्णमा हार्दिक धन्यवाद समेत दिनुभएको ।