८ साउन २०७९, आइतवार
सुनाकोठी, ललितपुर/कृषिप्रधान देश भएता पनि कृषि योग्य जमिनहरुमा ठूला ठूला महल बन्ने क्रम बढ्दो छ । स्वादिलो खाना तर शारिरिक कसरतको कमिका कारण मानिसहरु विभिन्न रोगको सिकार भैरहेका छन् । त्यसैले अहिलेका मानिसलाई शारिरीक र मानसिक तवरले स्वस्थ्य रहन खेलको एकदम ठुलो भूमिका रहेको हुन्छ । यस्तै खेलको कुरा गर्दा बुदोकैदो नेपाली कराते खेल पनि एउटा उल्लेख गर्न सकिन्छ ।
२०३२ सालमा काठमामाडौँका सागरमान श्रेष्ठ (महागुरु¬) द्वारा नेपालमा बुदोकैदो खेलको सिर्जना गर्नुभएको थियो । यस खेलको वैधानिक रुपले राष्ट्रिय खेलकुद परिषदमा विधिवत दर्ता भएको १५ वर्ष भयो । नेपाली मार्शल आर्ट बुदोकैदो खेल प्रशिक्षणको माध्यमबाट विद्यार्थी तथा सर्वसाधारणको शारिरीक तथा मानसिक विकास गरि सक्षम र अनुशासितनागरिक तयार गर्न मद्धत गर्दछ ।
यस खेलमा नेपाली भाषाको प्रयोग गरिन्छ । नेपाली संस्कृति र परम्परालाई जीवन्त राखिएको छ । खेल सुरुवात गर्दा शान्तिको प्रतिक बुद्ध भगवान र शक्तिको प्रतिक भैरव भगवानलाई सम्झिएर आराधना गरि खेलको सुरुवात गरिन्छ । खेलमा कुमारी नृत्य, भैरव नृत्य, महाकाल नृत्य, भाले जुधाई आदि ऐतिहासिक तथा धार्मिक नेपाली आस्था र कलाको प्रयोग गरिन्छ ।
यस खेलमा बुद्धजस्तै एकाग्र र शान्त भई भैरवको जस्तो उग्र भएर आक्रमणको सामना गर्ने र सुरक्षात्मक पक्षको अवस्थालाई समेत प्रशिक्षणमा सामेल गराइएको छ ।
द्यगमय प्बष् मय द्यगममजब दयमथ तय नष्खभ। बुदोकैदोको अर्थ संस्कृतमा महान् संघर्ष पथ हो भने अङ्ग्रेजीमा त्जभ ध्बथ या तजभ नचभबत धबचचष्यच हुन्छ ।
यो खेल नेपालमा त खेलिन्छ नै विश्वका २७ राष्ट्रमा स्वीकृति प्राप्त गरि खेलिँदै आएको छ । यस खेलको विषेशता भनेकै यो नेपालीमै उत्पति गरिएको मार्सल आर्ट हो र यस खेल जहाँ जसले जुन मुलुकमा खेलेको भए पनि यसका गुरुहरु र खेलाडीहरुले सबै नेपाली भाषा नै प्रयोग गर्दछन् । जस्तै सुरु गरौँ, मुक्का, पछाडि, इश्वरलाई प्रार्थना आदि शब्दहरु प्रयोग गरिन्छ । यस खेलमा प्रयोग हुने हतियारहरु पनि खुकुरी, हसिँया ढिकी, जातो, त्रिशुलजस्ता नेपाली हतियार प्रयोग हुन्छ भने यस खेल खेल्दा लगाइने पोसाकमा पनि नेपालको झण्डा, रन्जना लिपि र लोगोमा पनि नेपालको झन्डा चन्द्र सूर्य अंकित रहेको छ ।
यो खेल संसारको कुनै पनि कुनामा खेलिएर नेपालको झण्डा, नेपाली भाषा, नेपाली हतियार लगायत नेपालीकला र संस्कृति पनि त्यहीँ पुग्छ । विश्व सामु नेपाल र नेपाली संस्कृति र भाषा चिनाउने एउटा दरिलो माध्यम भइरहेको छ । यस खेललाई नेपाल सरकारले पनि उच्च प्राथमिकता दिएर हरेक विद्यालयहरुमा अरु मार्सल आर्टको सट्टा यस खेललाई बढवा दिनु पर्ने हुन्छ । त्यस्तै नेपाल आर्मी, प्रहरीलाई पनि अरु मार्संल आर्टको सट्टा बुदो कैदो मार्शल आर्टलाई नै प्राथमिकता दिनु पर्ने देखिन्छ ।
विश्वको कुनै पनि राष्ट्रमा यो खेल खेलिएता पनि यसको लागि कालो पेटी र प्रमाण पत्र लिन नेपालमै आउनु पर्ने पनि नियम रहेको छ । विदेशीहरु नेपालआई नेपाल सरकार लाई राजश्व तिरेर मात्र यो खेलको आधिकारिक प्रमाणपत्र पाइने छ ।
ललितपुर जिल्लाभरिमा यस खेलको केन्द्र विन्दु ललितपुर महानगरपालिका वडा नं २६ मा रहेको एउटा प्रि स्कुलमा र भैंसीपाटिमा गरि ललितपुर जिल्ला भरिमा मात्र दुई ठाँउमा रहेकाे र गुरु श्री विक्रम महर्जन सकृय गुरु तथा रेफ्रि सघका अध्यक्ष पनि हुन।
पहिला सातदाेबाटाे र चापागाउमा पनि थियाे तर हाल निस्कृय रहेका छन। आफ्नो परिवारप्रतिको जिम्मेवारीलाई एकातिर थाति राखी विगत तीस वर्षदेखि यस खेलको विकास, वस्तार, प्रवद्र्धन र उत्थानम ालागि पर्नु भएको छ । उहाँलाई नेपाल सरकारबाट अहिलेसम्म केही सहयोग प्राप्त हुन सकेको छैन ।
यसरी आफ्नो जीवन पुरै विश्व सामु नेपालको पहिचान गराउने खेल नेपाली मार्सल आर्ट बुदोकैदो मै लगाएर हिडनु भएका विक्रम महर्जनको आफ्नो बालबच्चाहरुलाई पढाउन पनि धौ धौ रहेको अवस्था छ ।
विडम्बना नै भन्नु पर्दछ कि बेल्जीयम सरकारले आफ्नो देशको आर्मीहरुलाई हाम्रो नेपाली मार्सल आर्ट खेल खेल्दछन् तर नेपाली आर्मीहरुलाई भने विदेशी मार्सल आर्ट सिकाइन्छ ।
बेल्जीयम मात्रै होइन संसारका अन्य २७ मुलुकले प्राथमिकताका साथ बुदो कैदो मार्शल आर्ट विद्यालय, आर्मी, प्रहरी, जनसाधारणहरुलाई खेलाइन्छ । र, यस खेलका प्रवर्तक सागरमान श्रेष्ठको अधिकांश समय विदेशमै प्रशिक्षण गरेर बित्छ ।