८ साउन, काठमाडौं । आज २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३४७ जना कोरोना संक्रमित भएका छन् ।
दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४ जना गरी ३४७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै थप ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेको छ।