भक्तपुर – भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्यापिँदा तीन जनाको ज्यान गएको छ।
भक्तपुर वडा नम्बर १ सल्लाघारीमा आज आइतवार दिउँसाे रुख ढलेर बस र स्कुटी च्यापिँदा भक्तपुर २ बस्ने २५ वर्षका विशेष खर्बुजा, चागुँनारायण नगरपालिका २ का ५५ वर्षका न्हुँच्छेराम बखत्यो र सर्लाहीकाे हरिवन नगरपालिका ४ का ४५ वर्षका राजकुमार भुजेलको ज्यान गएको हो ।
सर्लाहीकाे हरिवन नगरपालिका ४ का भुजेल स्कुटरमा दुई जना गाडीमा हुनुहुन्थ्यो । यस्तै घाइते १५ जनाको भक्तपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रुखको जरा कमजोर भएर ढलेको देखिएको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले च्छोरोल्पा अनलाइन खबरलाई जानकारी दिनुभयो । रुख ढलेपछि सडक केही बेर बन्द भएको थियो । क्रेन लगाएर रूख र बसलाई हटाएपछि अहिले गाडी चल्न थालेकाे छ ।