Home > समाचार > ‘नेपाली स्वतन्त्र कांग्रेस’ पार्टी बनाउने तयारी

‘नेपाली स्वतन्त्र कांग्रेस’ पार्टी बनाउने तयारी

प्रजातान्त्रिक विचारधारमा आस्था राख्ने एउटा समूहले अब ‘नेपाली स्वतन्त्र कांग्रेस’ पार्टी बनाउने तयारी थालेका छन्। प्रजातान्त्रिक स्वतन्त्र अभियान्ता हेमन्त मल्ल(गणेश)को नेतृत्वमा उनीहरूले पार्टी निर्माण अभियान थालेका हुन्। ‘बहुदलवादी’ नेता भनेर चिनिने उनी प्रखर वक्ता पनि मानिन्छन्।

मल्लका अनुसार पार्टीको नाम ‘नेपाली स्वतन्त्र कांग्रेस’ हुनेछ भने त्यसको चुनाव चिह्न ‘भुँइ कटहर’ दाबी गरिएको छ। ‘व्यक्तिगत स्वतन्त्रता, आर्थिक सम्पन्नता र गौरवमय क्रान्ति पार्टीको मुख्य आदर्श रहनेछन्’ मल्लले भने ‘जमिन र धितो सुरक्षा र संवर्द्धन अनि नागरिकको चाहनाअनुरूप संविधानलाई संशोधन गर्दै लैजानका लागि हामीले विशेष जोड दिनेछौं।’

उनका अनुसार यो पार्टी बनाउने अभियानमा प्रजातन्त्रिक आस्था रहेका तथा कुनै पनि राजनीतिक दलमा असन्तुष्ट रहेकाहरू समेटिनेछन्।‘अहिले सबै पार्टीभित्रै पनि गुट-उपगुटहरू उस्तै छन्। कुनै पनि गुटमा रहन नचाहनेहरू सामेल हुनेछन्’ उनले भने ‘गठबन्धनबाट मुक्त भएर पार्टी अभियानमा स्वतन्त्र लाग्न चाहनेहरूलाई हामीले एकै ठाउँमा ल्याउने प्रयास गरिरहेका छौं।

पार्टीको सुरूवाती अभियानमा मल्लसहित जगन्नाथ प्रेमी, ईश्वर देवकोटा, कमल शाक्य, टिकेन्द्र थापा< देवराज शर्मा, ज्योति चौधरी, श्याम क्षेत्री, अनिता पौडेललगायतले पहल गरिरहेका छन्।

गोपाल बिमली, हेमराज शर्मा, शान्ति गुरूङ, लक्ष्मी प्रधान, राधा देवकोटा, कौशिला महतो, राजकुमार महतो, डिल्ली बहादुर क्षेत्री, हिमाल क्षेत्री, डिल्ली शर्मा, सीता पाण्डे, बुद्धिराम शर्मा, लक्ष्मण कँडेल, बिरबल क्षेत्री, देवराज शर्मा, सुरेश क्षेत्री, डम्बर क्षेत्रीलगायत पनि अहिले यो अभियानमा जोडिएका छन्।

मल्लका अनुसार यो विचारधारमा आवद्ध हुन चाहनेहरूसँग व्यापक छलफल भइरहेको र केही समयपछि पार्टी दर्ता गर्ने तयारी छ।‘सम्भवत: हामीले यही पार्टीमार्फत आगामी प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनेगरी दर्ता प्रक्रिया थाल्नेछौं’ मल्लले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *