Home > प्रदेश > नेपाली दुतावास मलेसियामा छलफल, श्रमीकका समस्या समाधान गर्न दुतावास अग्रसर,

नेपाली दुतावास मलेसियामा छलफल, श्रमीकका समस्या समाधान गर्न दुतावास अग्रसर,

क्वालालम्पुर ,मलेसियाका लागी नेपाली कार्यबाहक राजदुत मोति श्रिषसँग नेपाली पत्रकार टोलीले भेटबार्ता एबं अन्तरक्रिया कार्यक्रम गरेको छ। नेपालीहरुको श्रमको अवस्था बारे स्थलगत रिपोटिङमा मलेसिया पुगेको पत्रकार टोलीले कार्यबाहक राजदुत श्रिससँग नेपाली दुतावास क्वालालम्पुरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो।


अन्तरक्रिया कार्यक्रममा मलेसियामा भईरहेको समसायिक विषयमा छलफल भएको थियो। छलफलमा कार्यबाहक राजदुत श्रिषले दुतावासको गतिविधी तथा कार्यविवरणका बारेमा जानकारी गराएका थिए । छलफलमा दुतावासमा कार्यरत सबै कर्मचारीको सहभागिता रहेको थियो। त्यसैगरी छलफलमा मलेसियामा पछिल्लो समयमा नेपाली श्रमीकहरुका समस्या बारेमा पनि छलफल भएको थियो।
अन्तरक्रिया कार्यक्रममा कार्यबाहक राजदुत श्रिषले पछिल्लो सयममा मलेसियामा रहेका श्रमीकका समस्या समाधान गर्न दुतावास अग्रसर रहेको बताए।

कार्यक्रममा कार्यबाहक राजदुत श्रिषले कोरोनाकाल पछि मात्र १७२८ डिमाण्डमार्फत ७० हजार नेपाली कामदारको मागपत्र निस्केको बताए। कार्यक्रममा दुतावासका लेबर काउन्सीलर दिपक ढकाल, श्रम सहचारी प्रकास पन्थी, दितीय सचिव प्रेम बहादुर थापा, यसु बस्नेत लगाएतका पदाधिकारीको सहभागिता रहेको थियो। कार्यक्रममा श्रमिक समस्या बारे दिपक ढकालले जानकारी गराएका थिए भने मलेसियामा रहेका विभिन्न जेलमा रहेका नेपालीहरुको बारेमा यसु बस्नेतले जानकारी गराएकी थिइन ।


दुतावासको तथ्याक अनुसार अहिले मलेसियामा २ लाख भन्दा बढी श्रमीक कार्यरत रहेका छन । मलेसियामा पछिल्लो समयमा भइरहेको श्रमीक समस्याको बारेमा स्थलगत रिपोर्टिंगका लागी जनसवाल राष्ट्रिय दैनिकका संपादक रामजी बगाले, नयाँ सडक दैनिकका संपादक ज्ञानप्रसाद पौडेल, साझा सबाल डटकमका प्रधान संपादक अनिल अधिकारी, ब्रेकएण्डलिंक्स डटकमका पत्रकार डिल्ली पाण्डे, प्रदेश अनलाइन खबर डटकम र एसियन खबर डटकमका पत्रकार शेखर लामा लगायत रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *