Home > मुख्य समाचार > प्रचण्ड भन्छन्– पूर्वमाओवादी एक ठाउँमा आउने वातावरण बन्दैछ

प्रचण्ड भन्छन्– पूर्वमाओवादी एक ठाउँमा आउने वातावरण बन्दैछ

असार कृष्ण षष्ठी
पञ्चाङ्ग: विषकुम्भ गर धनिष्ठा ,द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
दिउँसोको १२ : १३
Jun 19, 2022

 ५ असार २०७९, आइतवार/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण सिर्जना भएको बताएका छन्।नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘एकता र विभाजनको श्रृङ्खला पार गर्दै हामी यहाँ आइपुगेका छौं । अब चाहिँ हामी सबै पूर्व माओवादी भन्नेजति एक ठाउँमा आउने वातावरण बन्दैछ ।’

एकताको वातावरण बनेर छिट्टै टुंगोमा पुग्ने अवस्था सिर्जना भएको पनि प्रचण्डको दाबी छ । परिवर्तनलाई संस्थागत गर्दै यसमा टेकेर अझै अघि बढ्ने प्रचण्डको दाबी छ ।परिवर्तनलाई उल्ट्याउने तत्वहरू अझै लागि परेको उल्लेख गर्दै उनले सचेत रहन पनि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *