भक्तपुर, २८ जेठ :चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने सुबिधाको गाडी नगर अस्पताललाई हस्तान्तरण गर्नु भएको छ ।
हिजो चाँगुनारायण नगर अस्पतालमा पुगेर उहाँले उपप्रमुखले पाउने सुविधाको गाडी जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने उदेश्यले चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गर्नु भएको हो ।
उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मैले चुनाव अगाडि मतदातासँग नगरपालिकाबाट पाउने गाडी नगर अस्पताललाई हस्तान्तरण गरेको छु, मेरो सुबिधाको गाडी नगर क्षेत्र भित्र रहेका बृद्दबृद्दा, शारीरिक अशक्त, दिर्घ रोगी, बिरामीहरूलाई घरदैलोमै गई चिकित्सकीय सेवा प्रदान गर्ने हेतुले अस्पताललाई हस्तान्तरण गरेको हुँ, नगरपालिकाबाट पाउने कुनै पनि सुबिधा म लिन्न ।”
नगरपालिकाको समग्र बिकासमा अबको पाँच वर्ष सक्रिय भएर लाग्ने बताउनु भयो ।साभार-https://newskunda.com