जेठ,२ काठमाडौं ।भरतपुर महानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीलेनै अग्रता लिएका छन्।
अहिलेसम्म आठ हजार ८६३ मतको गणना सकिएको छ। रेनु दाहालले तीन हजार १४७ मत ल्याउँदा एमालेका सुवेदीले तीन हजार १५३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पाैडेलले एक हजार ९३ मत पाएका छन् ।
भरतपुर महानगरपालिकाको उपमेयरमा सत्ता गठबन्धनका उमेदवारले तीन हजार ४९८ राप्रपाका उमेदवारले दुई हजार ५११ मत प्राप्त गरेका छन् । वडा नम्बर –३ को वडाध्यक्षमा एमाले उमेदवारले ३७९ मत पाएका छन् भने कांग्रेस उमेदवारले २५१ मत प्राप्त गरेका छन्।