जेठ,२ काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनु भएका छन् । इन्द्रसरोबारको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७२२ मत ल्याएर जित हात पारे ।
नेपाली कांग्रेसका विश्व लामा ३ हजार ४७२ मत पाएर पराजित भए । निवर्तमान अध्यक्ष समेत रहेका एकीकृत समाजवादीका जीवन लामाले ४७९ मत ल्याए ।
उपाध्यक्षमा पनि एमालेकै उमाकुमारी लामाले जित हासिल गरिन् । उनले ३ हजार ७२५ मत पाइन् । कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६५६ मत ल्याएर हार ब्यहोरिन् ।