२७ वैशाख, काठमाडौं। भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई भोट नहाले देश दुर्घटनामा पर्छ भन्नु नेपाली जनतालाई तर्साउने कुरा भएको बताएका छन्।
के जनताले स्वतन्त्र मतदान गर्न नपाउने?माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको ’धम्की धेरै सुन्न थालियो।यहाँ यो जितेन भने,त्यहा त्यो जितेन भने दुर्घटना हुन्छ रे! के जनताले स्वतन्त्र मतदान गर्न नपाउने?धम्की कसलाई?जनतालाई सोधेर बनेको हो तिम्रा गठवन्धन र उमेदवार कसरी चयन गरेउ?जनता त जनार्दन हुन।उनमा अझै विवेक हराएको छैन।३०गते फैसला हुनेनै छ।भन्दै जनतालाई तर्साउने मात्रै उक्त कुरा बताएको पौडेलले बताए ।
पाँच दलीय गठबन्धनले वैशाख २२ गते भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रचण्डले कांग्रेसले माओवादी केन्द्रलाई भोट नहाले देश दुर्घटनामा जान सक्ने अभिव्यक्ति दिएका थिए । च्छोरोल्पा नालाइन खबर सग मगलबार बिहान कुराकानी गर्दै पौडेलले भने, ‘त्यो तहको मान्छेले त्यस्तो टीकाटिप्पणी गर्न हुँदैनथ्यो । त्यो जनतालाई बेवकुफ बनाउने र तर्साउन खोज्ने कुरामात्रै हो उहाले हामीलाई बताउनु भयो।
नेपाली कांग्रेस चितवनको असन्तुष्ट पक्षबाट भरतपुरको मेयरमा स्वतन्त्र उमेदवारी दिएपछि उनलाई कांग्रेसले पार्टीबाटै निष्कासन गरिसकेको छ । स्वतन्त्र उमेदवारका रुपमा उनले भुइँकटहर चुनाव चिह्न पाएका छन् । प्रचारप्रसारका लागि उनी दैनिकजसो घरदैलोमा हिँडिरहेका छन्।
बुद्धिजीवी, शिक्षक, प्राध्यापक, वकिल, समाजसेवी, उद्योगी, व्यवसायी सबै क्षेत्रका व्यक्तिहरु पनि
भुइँकटहर चुनाव चिह्न जिताउन लागिरहनु भएको छ।गठबन्धन भनेको हावादारी गफ दिने पार्टी हो भन्ने आम चितवनको जनतामा परिसकेको छ।
जनताले आफूलाई सकारात्मक प्रतिक्रिया दिइरहेको भन्दै उनले जनताको समर्थन व्यापक रहेको दाबी गरे । ‘म नपुगेको ठाउँमा पनि मान्छेहरु मेरो चुनाव चिह्न प्रचार गरेर हिँडेका छन् । अरुलाई भन्दा मलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्’, उनले भने ।