Home > मुख्य समाचार > सागकी स्वर्ण विजेता सञ्जु चौधरी मंगलबार बिहान मृत भेटिइन्

सागकी स्वर्ण विजेता सञ्जु चौधरी मंगलबार बिहान मृत भेटिइन्

काठमाडौं ।भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृतवस्थामा फेला परेकी छन् । उनी आफू बस्दै आएको कोठमा मृत फेला परेकी हुन् ।

एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् । ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी आज बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

नेपालगञ्ज निवासी चौधरीले सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *