वैशाख,२७ दोलखा।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन्।उनीहरुले घरदैलोसँगै चुनावीसभा,भेटघाट,अन्तरक्रियालगायतका कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शैलुङ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नबराज खडकाले पनि चुनावी प्रचारलाई तीव्रता दिएका छन्। सैलुङ्ग बनाउने भिजनसहित दृढ इच्छाशक्ति लिएर आफू अगाडि बढेको बताउने खडका पाँच वर्षभित्र शैलुङवासीले गर्व गर्न लायक पालिका बनाउने आफ्नो संकल्प रहेको सुनाउँछन्।चुनावी प्रचार, एजेण्डा, चुनाव जित्ने आधारलगायतका विषयमा केन्द्रित रहेर जिल्ला दोलखा राष्ट्रिय युवा मोर्चा अध्यक्ष तथा शैलुङ गाउँपालिका उमेद्वार नवराज खडका च्छोरोल्पा अनलाइन खबरको सम्पादक शिब कुमार बुढाथोकी सागको कुराकानीको सार–
चुनाव कस्तो लागेको छ ?
उम्मेदवार भएपछि स्वभाविक रुपमा चुनाव त लाग्ने नै भइहाल्यो नि । घरदैलो, कोणसभा,भेटघाटका कार्यक्रमलाई तीव्रता दिएको छु । भेट्न नसकेका महानुभावहरूलाई फोनबाटै भए पनि भोट मागिरहेको छु । यो च्छोरोल्पा अनलाइन खबर सागको अन्तरवार्ता मार्फत पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हलो चिन्हमा पालिका अध्यक्षसहित सदस्यहरूलाई भोट हाल्न अपिल गर्दछु ।
घरदैलोमा पुग्दा शैलुङ गाउँपालिका वासीबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?के छ नागरिकको आवाज ?
भगवानरुपी शैलुङ बासीको प्रतिक्रियाले म निकै उत्साहित भएको छु । अब नबराज खडकाले पालिका अध्यक्ष भयो भने पक्कै पनि यस पालिका बनाउँछ भन्ने धेरैमा आशा र भरोसा पाएको छु । यो मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हो । म दोलखा मोर्चा राप्रपाको अध्यक्ष र पार्टीका विभिन्न तहमा बसेर काम गर्दैगर्दा समाजसेवालाई पनि निरन्तरता दिएँ ।शैलुङ वासीका दुःखसुखमा साथै रहें। त्यही भएर पनि मेरो उम्मेदवारीले शैलुङ वासीमा एक किसिमको आशा जगाएको छ ।
शैलुङ वासीमा तपाईंको उम्मेदवारीले उत्साह जगाउनुका कारण ?
म दोलखा मै जन्मे, हुर्कें बढे, पढें । मलाई यहाँको अघात माया छ । दोलखा र मेरो शैलुङ गाउँपालिका धुलोका कण–कणमा मेरो सम्बन्ध छ । त्यसो भएकाले धेरै माया गर्छु।शैलुङ गाउँपालिका बनाउने संकल्प लिएर अगाडि बढेको छु।मैले भन्दै आएको छु पाँच वर्षे कार्यावधि पूरा गरेर पालिकाबाट बाहिरिँदै गर्दा पालिकावासीले फूल र मालाले भव्यताका साथ विदाइ गर्ने अवस्था सिर्जना गर्छु।अर्को के हो भने मलाई कुनै लोभलालच छैन। भ्रष्टाचारलाई शून्यमा झार्छु ।मेरो पार्टी अध्यक्षले समेत भन्नु भएको भ्रस्टाचार गर्नु आफ्नी आमाको रगत खानु सो सरह हो भनेर हामि सम्पूर्ण राष्ट्रवादी (राप्रपा)को यहि उदेश्य हो।
नबराज खडका पालिका अध्यक्ष भयो भने पक्कै भ्रष्टाचार गर्दैन, जे बोल्छ त्यो गर्छ भन्ने शैलुङ गाउँपालिका वासीलाई अवगत छ । म जनतालाई दुःख दिने काम गर्दिन । पालिकाबाट प्रवाह हुने सेवालाई सरलीकृत बनाउँदै प्रविधिमैत्री बनाउनेछु।हुने कामलाई तत्कालै गर्ने नहुने काम छ भने कारणसहित सेवाग्राहीलाई जानकारी दिने व्यवस्था मिलाउनेछु।मेरो काम गर्ने शैली अलि फरक पनि छ।यिनै आधारले गर्दा मेरो उम्मेदवारीले पालिकावासीमा उत्साह जगाएको हुनुपर्छ।
अर्को कुरा म पाँच दलीय गठबन्धनको उम्मेदवार हैन, म गठबन्धन सग म प्रतिस्प्रधामा छु हाम्रो भिजन, हाम्रो काम गर्ने शैली,हाम्रा योजना,समाजमा हाम्रो छविलगायतका कारणले पनि मतदाता उत्साहित भएको हुनुपर्छ ।
के कस्ता एजेण्डा लिएर मतदाताबीच पुगिरहनु भएको छ ?
शैलुङ गाउँपालिका विकास गर्ने थुप्रै एजेण्डाहरू छन् । हामीले प्रतिबद्धतापत्र पनि जारी गरिसकेका छौं । त्यो प्रतिबद्धतापत्रमा धेरै कुराहरू समेटेका छौं । तपाइले जानकारी लिदा हुन्छ।
मेरो बानी धेरै बोल्नेभन्दा काम गर्ने छ । म नेपाली सेनाको पुर्व सैनिक कमान्डर पनि हो। म जे बोल्छु त्यो गरेर छाड्छु । नेपाली राजनीतिका अग्रज शिखरपुरुषले भन्ने गर्नुहुन्थ्यो ‘म जे बोल्छु त्यो गर्छु’ मैले यो भनाइलाई प्रेरणाका रुपमा लिएको छु । त्यसो भएकाले मैले धेरै ठूला योजना अघि सारेको छैन ।
शैलुङ गाउँपालिका वासीका साना–साना समस्या समाधान गर्ने योजनाहरू छन्।पहिलो त भ्रष्टाचार नियन्त्रण गर्ने एजेण्डा हो मेरो।यदि भ्रष्टाचार मात्रै नगर्ने हो भने धेरै कुरा सुधार हुन्छ।तपाईं हेर्न सक्नुहुन्छ भ्रष्टाचार नियन्त्रण गर्दा त्यो ठाउँको कसरी विकास हुन्छ र जनताले कसरी सुविधा पाउँछन् भन्ने उदाहरण भारतको नयाँदिल्लीलाई लिन सकिन्छ। भ्रष्टाचार मात्रै नहुने हो भने सैलुङ्ग मात्रै होइन मुलुकको आर्थिक विकासले निकै फड्को मार्ने थियो।भ्रष्टाचार नहुँदा कसरी विकास हुन्छ भन्ने म सैलुङ्बाट देखाउन चाहन्छु ।
गाउँपालिकाको विभिन्न स्थानमा महिला र अपाङ्गमैत्री शौचालय निर्माण, ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा, ३० युनिट मात्रै विद्युत खतप गर्नेका लागि महसुलमा छुट, ज्येष्ठ र अपाङ्गहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा, ठाउँ–ठाउँमा सुविधासम्पन्न पार्क, सामुदायिक विद्यालयको गुणस्तरीय वृद्धि, खानेपानी समस्या समाधान मुख्य कुरा शैलुङ गाउँपालिका सडक निर्माण यसबाहेक करको दायरा बढाउने र दर घटाउने एजेण्डा पनि छन् म सित ।
स्वास्थ्य, शिक्षा, खेलकुद, उद्योग व्यवसाय सबै क्षेत्रका एजेण्डाहरू छन् । यहाँ विस्तृतमा भनेर साध्य छैन।सारमा भन्नुपर्दा सफा, सुन्दर, हराभरा, शैलुङ गाउँपालिका सुरक्षित अनि पालिकाले गर्व गर्न र भावीपुस्ताले सम्झन लायक पालिका बनाउने संकल्प लिएर अगाडि बढेको छु । त्यसका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूको टिम बनाएर उहाँहरूको सुझावअनुसार पालिकालाई पाँच वर्षभित्र मुलुककै नमुना पालिका बनाउनेछु प्रदेशमा मात्र हैन ।
यति धेरै योजना सुनाउनु भयो,अनि पालिकाको सीमित स्रोतले कसरी पूरा गर्नुहुन्छ ती योजना ?
पक्कै पनि हो पालिकाको स्रोतबाट यी सबै पूरा गर्न कठिन छ।तर,पूरा गर्न सकिन्छ।प्रदेश र संघीय सरकारबाट बजेट ल्याउनुपर्छ । दातृ निकायहरू पनि शैलुङ गाउँपालिकामा लगानी गर्न चाहन्छन्।उनीहरूलाई कसरी आकर्षित गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्छ ।
अर्कोतर्फ शैलुङ गाउँपालिकामा जन्मिएर विदेशमा कर्म गरिरहेका शैलुङ लाई माया गर्ने थुप्रै महानुभावहरू हुनुहुन्छ।उहाँहरूलाई पनि पालिकासँग जोड्न सकिन्छ। मात्रै इच्छाशक्ति र भिजन चाहियो मसित यी दुवै छन्।यसबाहेक शैलुङ ठूला मन भएका उद्योगी व्यवसायीहरू हुनुहुन्छ।उहाँहरूसित मिलेर धेरै काम गर्न सकिन्छ।यहाँको निजी क्षेत्रलाई पनि सँगसँगै लिएर हिंड्न सकिन्छ।उहाँहरूले विगतदेखि नै शैलुङ गाउँपालिका विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएको छ । यसका लागि मसित स्पष्ट योजना छन्। दोलखाको सुन्दर शैलुङ गाउँपालिका बनाउने दृढ इच्छाशक्ति छ।
चुनाव जितिनै सकेको जस्तो गरी भन्नुभयो, जितका आधार के छन् तपाईंसित ?
पहिलो त योग्य उमेद्वार राप्रपाको संगठन नै हो ।अहिले दोलाखा र शैलुङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गढ पनि हो ।चुनाव जित्छ । अर्को कसैसित गठबन्धन छैन जनता गठबन्धनको बिरुद्द छन्। जनताले गठबन्धन किन ? के को लागि हो ?बुझिसकेको छन। अर्को हामीले अघि सारेका एजेण्डा पनि हाम्रो जितको आधार हो भन्ने लाग्छ मलाई।पार्टीका आमकार्यकर्ताहरू पनि (राप्रपा)लाई जिताउन रातदिन नभनी लाग्नु भएको छ ।
बुद्धिजीवी, शिक्षक, प्राध्यापक, वकिल, समाजसेवी, उद्योगी, व्यवसायी सबै क्षेत्रका व्यक्तिहरु पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हामीलाई जिताउन लागिरहनु भएको छ।गठबन्धन भनेको हावादारी गफ दिने पार्टी हो भन्ने आमजनतामा परिसकेको छ।
तपाईंले भ्रष्टाचार शून्यमा झार्छु भन्दै आउनु भएको छ नि, त्यो सम्भव छ ?
म सकारात्मक सोच भएको व्यक्ति हुँ।हामी सबै मिल्यौं भने सक्छौं।भनाइ नै छ मुहान सफा भयो भने तल बग्ने पानी पनि सफा हुन्छ । यदि मुहान फोहोर भयो भने जति नै प्रयास गर्दा पनि तल बग्ने पानीलाई सफा गर्न गाह्रो पर्छ। त्यसो भएकाले म भ्रष्टाचार गर्दिनँ । मैले भ्रष्टाचार गरिँदा भने अरुले पनि गर्ने आँट गर्दैनन्।यदि भ्रष्टाचार गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने परिपाटीको विकास गरियो भने स्वतः भ्रष्टाचारको अन्त्य हुन्छ ।