Home > मुख्य समाचार > आज चितवनमा पाँच दलीय सत्ता गठबन्धनको चुनावी सभा,सभा गर्ने ठाउँ जलमग्न

आज चितवनमा पाँच दलीय सत्ता गठबन्धनको चुनावी सभा,सभा गर्ने ठाउँ जलमग्न

२१ वैशाख, काठमाडौं  पाँच दलीय सत्ता गठबन्धनले बिहीबार चितवनमा चुनावी सभाको आयोजना गर्दैछ । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पाँच दलीय गठबन्धनले विहीबार भरतपुरस्थित हाकिम चोकमा सभा गर्न लागेको हो । उक्त सभालाई प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरूले पनि सम्बोधन गर्ने बताइएको छ ।

भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा काँग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार रहेका छन् । गठबन्धनको साझा उम्मेदवार दाहालविरुद्ध काँग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिनु भएको छ । पौडेललाई उम्मेदवारी फिर्ता लिन गठबन्धनका नेताले भरपुर प्रयास गरेपनि पौडेल ब्याक नभएको बताइएको छ ।सभाका लागि अघिल्लो दिन नै तयार पारिएको मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन् । आमसभा स्थललाई सजाउन राखिएका झण्डाहरू पनि हावाले उडाउँदा यत्रतत्र झरेर पानीमा डुबेका छन्।अब कसरी आमसभा गर्ने भन्नेबारे छलफल गरिने कांग्रेसका एक नेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *