काठमाडौँ, वैशाख २० । बझाङमा जबरजस्ती करणी गरेको आरोपमा नेपाली कांग्रेसका वडासभापति पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाली कांग्रेस मष्टा गाउँपालिका वडा नम्बर २ कार्यसमितिका सभापति अम्रेश खड्का रहेका छन्।
उनलाई वैशाख १७ गते राति करिब १२ बजे भाउजू नाता पर्ने ३८ वर्षीय महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर बिष्टले बताए।
डिएसपी विष्टका अनुसार वैशाख १८ गते पीडित महिलाले राति १२ बजे श्रीमानसँगै सुतिरहेका बेला मदिरा सेवनगरी आफूलाई जबरजस्ती करणी गरेको भनि दिएको जाहेरीका आधारमा पक्राउ गरिएको हो। पक्राउ परेका २८ वर्षीय खड्कामाथि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
स्रोत -https://suchanadabali.com/archives/12549