काठमाडौँ, वैशाख २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाने भएका छन्।
स्थानीय तहको निर्वाचनको प्रचार अभियानका क्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा जान लागेका हुन्। ओली आज झापामा चारवटा कार्यक्रममा सहभागी हुने एमाले झापाका सचिव शिव ढुंगेलले जनाकारी दिए।
ओलीले तीनवटा नगरपालिका र एउटा गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। भद्रपुरको ज्ञानुचोकमा ११ बजे, हल्दिवारी १ गोल्धापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे, र बिर्तामोडमा ४ः३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ।