काठमाडौं – चकलेटी मोडल समुन्द्र रिमालको “आमा” म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार राजीव राना मगर शव्दमा तयार गीतलाई RC रिमालको स्वरमा सार्वजनिक भएको उक्त म्युजिक भिडियो “आमा” मातातीर्थ औँसी दिनमाको समय पारेर सार्वजनिक गरिएको छ । आफू हुर्के बढेर आमाको सेवा गरौंला, ऋण तिरौंला भन्न नपाउँदै आमाको असामयिक निधन भएको सन्तानको मर्मस्पर्शी झल्काइएको गीत वास्तविक कथामा तयार परिएको छ।
च्छोरोल्पा अनलाइन खबर सग कुरा गर्दै कलाकार समुन्द्र रिमालले माता तीर्थ औँसी र उक्त दिनलाई देवलोक, पितृलोक र पृथ्वीलोक सबैतिर जोड्न सक्ने एउटा अवसर पारेर यस तिथिमा आफ्ना आमाहरूलाई सम्झना गर्दै स्नेह प्रकट गर्दै यो गित सबैले हेर्दिनु हुन् समेत आग्रह गर्नु भएको छ। आफ्नै आमाप्रति समर्पण गर्दै आजको दिनमा यो गीतले आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको उहा;ए बताउनु भएको छ ।
मातृदेवो भव ।
आमाहरू देवता हुन् । यस लोकमा भएका आमाहरू जीवित देवताहरू हुन्, लोक त्यागेका आमाहरू पनि अमर छन्, उहाँहरूको सम्झना र आराधना गरिन आजका दिनले पैरवी गर्दछ । शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन हो, ‘आमा’ ।
आजको दिनलाई मातृ औँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ।आजको दिन छोराछोरीहरूले श्रद्धा, भक्ति, सम्मान अनि आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ–आशीर्वाद ग्रहण गर्ने चलन छ ।आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो गीतको भिडियो RC रिमालको यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।
गीतको मर्म अनुरुप छायाङ्कन गरिएको कथावस्तु र यसका पात्रले गीति एल्बममा सुनमा सुगन्ध थपेको छ ।
टिका बोम्जन संगीत रहेको उक्त म्युजिक भिडियोलाई पिटर गुरुङले छायांकन / निर्देशन गरेका हुन् भने विष्णुहर तिमल्सिनाको सम्पादन रहेको छ । ज्योति प्रोडक्सन ले बजारमा ल्याएको उक्त म्युजिक भिडियो दर्सकाले धेरै भन्दा धेरै रुचाउने छन भन्ने विश्वास लिएको ।