१३ बैशाख, काठमाडौं । भरतपुर पाँच दलीय गठबन्धनको विरुद्धमा भरतपुर महानगरपालिकाको वडा नम्बर ३ मा तारामित्र पण्डितले वडा अध्यक्ष पदमा उमेदवारी दर्ता गराउनु भएको छ । तारामित्र पण्डित नेपाली कांग्रेसका वर्तमान वडा सभापति हुन्।
गठबन्धनले भने नेपाली कांग्रेसकै क्षेत्रीय सभापति भरत लामिछानेले टिकट पाएपछि उहाले उमेदवारी दर्ता गराएका छन्।
तर राजनीतिलाई व्यापारिक थलो बनाएको भन्दै त्यसको विरुद्धमा आफूले उमेदवारी दर्ता गराएको पण्डितले संचार माध्यममार्फत बताएको छन् । वडा समितिको निर्णयलाई उल्टाएर पद र पावरको आडमा एकलौटीरुपमा गरिएको निर्णयका विरुद्ध मैले उमेदवारी दर्ता गराएको हुँ,’ उहाले भन्नु भयो उनी भरतपुर ३ का वडाअध्यक्ष चन्द्रमित्र पण्डितका भाइ हुनुहुन्छ ।