Home > मुख्य समाचार > सर्लाही जिल्ला लालबन्दी नगरपालिका राप्रपाका उमेदवारले मन्दिर गएर खाए कसम

सर्लाही जिल्ला लालबन्दी नगरपालिका राप्रपाका उमेदवारले मन्दिर गएर खाए कसम

१३ वैशाख, बागमती । सर्लाही लालबन्दी नगरपालिकाको भिविन्न पदमा उमेदवारी मनोनयन दर्ता गराउनु अघि राप्रपाका उमेदवारहरुले स्थानीय मन्दिरमा गएर कसम खाएका छन् ।

पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मन्दिरमा गएर ‘म भ्रष्टाचार गर्दिनँ’ भनेर कसम नखाएसम्म पार्टीले टिकट नै नदिने भनेपछि यहाँ पनि मनोनयन दर्ता गराउनु अघि उमेदवारहरुलाई मन्दिरमा लगेर कसम खुवाईएको हो ।

राप्रपाले लालबन्दी नगरपालिकामा स्थानीय युवा उमेश खड्कालाई मेयरका लागि उमेदवार बनाएको छ । त्यस्तै संगिता कुमारी खतिवडा(दाहाल)लाई उप मेयरको टिकट दिएको राप्रपा लालबन्दीका नगर अध्यक्ष गंगा चौलागाईले जानकारी दिए । उनका अनुसार नगरका १७ वडा मध्ये १, १५, १६ लगायतका अधिकांश वडामा पनि उमेदवारहरु उठाइएको छ ।

उमेदवारी दर्ताको अन्तिम दिन आज लालबन्दीस्थित प्रसिद्ध डुमडुमे मन्दिर लगेर उमेदवारहरुलाई कसम खुवाइएको मेयरमा खड्कालाई नै समर्थन गरेका युवा अभियन्ता मेयर पदका स्वतन्त्र उमेदवार कल्याण केसीले बताए । उनले देशको आवश्यकता नै राप्रपा भएकोले आफूले राप्रपाका उमेदवारलाई नै समर्थन गरेको बताए ।

त्यस्तै युवा अभियन्ता रामकुमार बुढाथोकीले सर्लाहीको लालबन्दीसहित देशैभर राप्रपाको अवस्था राम्रो रहेको बताए । उनले लालबन्दीमा राप्रपाका उमेदवार उमेश खड्कासहितका उमेदवारहरुले चुनाव जित्ने दाबी गरे ।

गाउँगाउँबाट लालबन्दीमा भेला भएका राप्रपा कार्यकर्ताहरुले निर्वाचन अधिकृतको कार्यालय अगाडि केही बेर राजा आउ देश बजाउ, राजेन्द्र लिङ्देन जिन्दावाद, भोट के मा हलोमा भन्दै चर्का नारा लगायका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *