Home > मुख्य समाचार > नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल गठबन्धनबीच स्थानीय तहकाे सीट बाँडफाँडप्रति असन्तुष्टि,

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल गठबन्धनबीच स्थानीय तहकाे सीट बाँडफाँडप्रति असन्तुष्टि,

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सीट बाँडफाँडप्रति असन्तुष्टि जानेको छन्।

अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक लाग्ने बताउनु भयो जिल्ला तहको सीट बाँडफाँड सहमति भए पनि त्यही सोहि अनुसार नभएको भन्दै असन्तुष्टि ब्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै निर्वाचनको सीट बाँडफाँडको जिल्ला तहको रिर्पोटले आफूहरुलाई उत्साही नबनाएको समेत स्पष्ट बताएको छन् ।

‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँडमा केहि आस लाग्दो रहेको यसले राम्रो ठिक ठिकै सन्देश दिएको छ । तर विभिन्न जिल्लाको रिपाेर्टहरु सुन्दाखेरी त्यति आशावादी नरहेको उहाँले भन्नु भयो, ‘हाम्रो पार्टीको संगठन छ। त्यसो हुनाले देशैभरि हाम्रो पार्टीले न्यूनतम रुपमा पनि हाम्रो उपस्थिति हुनैपर्दछ ।

(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा नोमिनेशनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षड्यन्त्र एमालेले गरिरहेको आरोप समेत लगाएको छन् । केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रियसभा निर्वाचनबाट पछारिँएको उल्लेख गर्दै उहाँले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी दिए । अध्यक्ष नेपालले एमाले भित्रका केही नेताहरु निराश र हतास मनस्थितिमा रहेको दावी गर्दै उनीहरुलाई आफ्नो पार्टीमा आउन पनि आह्वान गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *