Home > मुख्य समाचार > आगलागीमा परेर जुम्लामा ४ बालबालिकाको मृत्यु,

आगलागीमा परेर जुम्लामा ४ बालबालिकाको मृत्यु,

१० वैशाख, कर्णाली (सुर्खेत) जुम्ला जिल्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्कीवाडा गाउँमा गएराति भएको आगलागीमा परि ४ बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन्।

प्रहरी नायब उपरीक्षक चन्दले “आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।” आगलागीबाट घर पूर्णरुपले क्षति भएको उनले बताए ।

मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उनले बताए। घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *