Home > मुख्य समाचार > तपाईंले भोट दिएर जिताएका नेता चुनाव जितेपछी गाउँ फर्केर आए त ?

तपाईंले भोट दिएर जिताएका नेता चुनाव जितेपछी गाउँ फर्केर आए त ?

सूचना डबलीको प्रधान सम्पादक : शिशिर के सी
सूचना डबलीको प्रधान सम्पादक : शिशिर के सी

वैशाख,१० काठमाडौं ।आगामी बैशाख ३० मा देशैभर स्थानीय तहको निर्वाचन हुँदैछ । हरेक आर्थिक वर्षमा तपाईंको गाउँमा कति बजेट आयो, तपाइँको गाउँ ठाउमा विकास भयो त ?

तपाइँका नेता जितेपछी गाउँ फर्केर आए त ? पक्कै आएनन् होलान् तर अब आउछन । चुनाव आयो आउन नि पर्यो नाई भने चुनाव जित्ने कुरा आएन । तपाइँको भोटले चुनाव जितेर गएपछि आफ्नो मात्र विकास गरे कि जनताको विकास गरे समिक्षा गर्ने वेला आएको छ।

तपाईं, हामी सबैलाई नेताले उल्लू बनाएको करिब ५ वर्ष पूरा भएछ । २०७४ को स्थानीय तहको निर्वाचन हुँदा, तपाइँसम्म नेता पक्कै आए होलान्, म फलानो पार्टीको उम्मेद्वार, यो चिह्नमा भोट दिनुस्, जितेपछि अनेक विकास गर्छु भनेका नेताहरु चुनाव जितेसँगै ति प्रतिवद्धता कार्यान्वयन भयो कि भएन भनेर समिक्षा गर्ने दिन आएको छ ।

जितेर जनताको विकास गर्नुपर्ने बेला आफ्नो विकास गरे होलान्, झुपडीमा बास थियो होला महल बनाए होलान्, दुब्लो थिए होलान अहिले मोटो भए होलान, पहिले बाईक हिड्ने अहिले कारमा चड्ने भए होलान । विकास भयो तर जनताको होइन आफ्नै ।

नेताले यसरी झुक्काए कि उनीहरुले जे जे भने हामी त्यही मान्यौ तर हामीलाई चुनाव जितेर गएपछी चिन्नै छाडे । अब नेताले गल्ती त गरे अब स्थानीय तहको निर्वाचन आउदैछ । अब उनीहरुलाई कुन ठाउमा राख्ने हाम्रै हातमा छ ।

केहि आशा देखाउला, केहिलाई पैसाको भरको भोट किन्लान तर भोटका आधारमा फेरि भोट गरे विकास ५ वर्ष पछि सर्नेछ । फेरि उहीँ मान्छे आउँछ, मैले गल्ति गरे पनि साथ पाए भन्ने हौसलामा उसले अब अरु नपुगेको आफ्नो आवश्यकता थप्छ हाम्रो होइन ।

त्यसैले सचेत हुन जरुरी छ । आगामी निर्वाचनमा सक्षम उम्मेद्वार छनोट गरौँ । हाम्रोलाई होइन राम्रोलाई भोट गरौं । राम्रोलाई नगरि हाम्रोलाई गरे ५ वर्ष त्यतिकै खेर जानेछ । बेलैमा विचार गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *