चैत ८ काठमाडौं ।पावर ईनटरनेशल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी अवार्ड (निम अवार्ड) को उत्कृष्टताको प्रमाण पत्र वितरण कार्यक्रम चैत ७ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । कुल ५१ वटा विधामा उत्कृष्टमा परेका स्रष्टा एवम् सर्जकहरूलाई राष्ट्रिय नाचघर जमलमा उत्कृष्टताको प्रमाण पत्र वितरण गरिएको हो ।
‘नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं’ भन्ने मूल नाराका साथ सुरु गरिएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषीका कलाकारहरूलाई विशेष प्रथमिकताका साथ समेट्दै आईरहेको छ ।
वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाको सभापतित्व एवम् गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रिय, भरत बम्जन, विजयरत्न तुलाधर, गायक तथा गीतकार कस्तुप पन्त, चर्चित लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा, लोकेन्द्र शाही, रेनुका सुवेदी, मायालु लामा, दर्शनविर शाक्य, नेपाल चलचित्र कलाकार श्रमिक संगठनका उपाध्यक्ष ऋषि राज आचार्य, प्राज्ञ एवम् सङ्गीतकार ज्योती प्रकाश, अभिनेता रोशन श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, सङ्गीतकार एरेन्जर राजेन्द्र बजगाई, गीतका एवम् सङ्गीतकार पुरुषोत्तम सानु, सम्पादक विपिन भाट, कलाकार तुलसीप्रसाद श्रेष्ठ, नवराज थापा, रमेश अधिकारी , नम्रता खरेल (पौडेल), अजय स्याङ्तान, सिटिजन भ्वाईसका अध्यक्ष रिता थापा, नेपाल कल्चर फिल्म सेन्टरका अध्यक्ष सन्तोष सुवेदी, सञ्चारकर्मी जीवन पराजुली, सङ्गीत तथा चलचित्र उत्पादक संघका निर्मलराज ढकाल, युवा व्यवसायी केशव न्यौपाने, व्यवसायी खेमनारायण भुर्तेल,लगायतका व्यक्तित्वहरूको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै मेयर चालिसेले लामो समयदेखि राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)सँग गोकर्णेश्वर नगरपालिका सहकार्य गर्दै आईरहेको र आगामी दिनहरूमा पनि कला संस्कृतिको संरक्षणको लागि सदैव तत्पर रहने बताउनुभयो ।कार्यक्रममा स्वागत मन्तव्य राख्दै चलचित्र निर्देशक तथा निम अवार्ड समितिका अध्यक्ष माधवराज खरेलले लामो समयदेखि नेपालमा बोली सम्पूर्ण भाषाभाषीका कलाकारहरूलाई प्रोत्साहन गर्दै कला संस्कृति बचाउ अभियानमा एउटा इट्टा थप्ने कोशीस निम अवार्डले गरिरहेको बताउँदै यो अभियान निजि क्षेत्रबाट घरखेतै बेचेरै सम्भव नभएको यसको संरक्षणको लागि राज्यपक्षबाट पनि केही राहत जरुरी रहेकोले यसको लागि आ-आफ्नो क्षेत्रका जनप्रतिनिधीहरूलाई दवाव दिन पनि सम्पूर्ण कलाकार्मीहरूसँग अनुरोध गर्नुभएको थियो ।
बरिष्ठ चलचित्र निर्देशक मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको निम अवार्डमा उत्कृष्ट पाँचको मनोनयन कार्यक्रमको सञ्चालन गायक तथा सङ्गीतकार सरोज कोईरालाले गर्नुभएको थियो । निम अवार्डको ग्राण्ड फिनाली यही चैत २० गते आइतवार सम्पन्न गरिने आयोजक पक्षले जनाएको छ ।
कार्यक्रम माधवराज खरेलको अध्यक्षतामा कमला जोशी, राजन थापा, संजीत भण्डारी, श्रीदेव भट्टराई, गीता अधिकारी, पूर्ण राई, सूर्य चन्द, सामना शाह, गोकर्ण लामिछाने, हिरामणि भुसाल, गोपाल ढकाल, बद्री थापा, राजन खरेल, डेभिलसिंह राजपुत, गीता सिंह, दक्ष टेकराज पाण्डे, राजु सिग्देलल लगायतको टिमले आयोजना गरेको हो । काष्टमण्डप टेलिभिजन, थारु टेलिभिजन, जी टिभी नेपालले कार्यक्रमलाई प्रत्यक्ष प्रशारण गर्ने भएकाछन् ।साभार मिलाप https://www.milapnews.com/2022/03/22/46254/?fbclid=IwAR169w9sRgIzmjsCeS4W7eBmHw6oJsfH6NK8H3J-sYfS2GR0sdDeQaFFxq0