Home > मुख्य समाचार > सुशासन,जनताप्रति उत्तरदायी देशहितमा काम गर्नका लागि उम्मेदवारले अनिवार्य रूपमा कसम खानुपर्ने :अध्यक्ष राजेन्द्र लिङ्देन

सुशासन,जनताप्रति उत्तरदायी देशहितमा काम गर्नका लागि उम्मेदवारले अनिवार्य रूपमा कसम खानुपर्ने :अध्यक्ष राजेन्द्र लिङ्देन

२७ फागुन २०७८/ मोरङको सुन्दर हरैंचामा आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीबाट स्थानीय तहमा उम्मेदवार बन्नेहरूले स्थानीय मन्दिरमा कसम खानुपर्ने बताएका छन् ।बोल्दै लिङ्देनले सुशासनका लागि, जनताप्रति उत्तरदायी बन्नका लागि र देशहितमा काम गर्नका लागि उम्मेदवारले अनिवार्य रूपमा कसम खानुपर्ने बताएका हुन् ।

‘राप्रपाको टिकट लिन आउनुभन्दा अगाडि आफ्नो निर्वाचन क्षेत्रको कुनै पनि ठाउँको मन्दिरमा गएर कसम खाएर आउनु पर्नेछ,’ लिङ्देनले भने । कार्यक्रममा बोल्दै राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई पार्टीले कहिल्यै पनि टिकट नदिने घोषणा गरे । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्नेमा जोड दिएका थिए ।

यस्तै शाहीले भ्रष्टाचारको अन्त्य गर्नका लागि संघीयता प्रदेशको खारेजी प्रमुख शर्त रहेको कुरामा जोड दिएका थिए । सोही कार्यक्रममा मन्तव्य दिँदै राप्रपाकी नेतृ तथा अभिनेत्री रेखा थापाले नारीलाई शिक्षाका लागि, स्वास्थ्यका लागि विशेष जोड दिनुपर्ने बताइन् । उनले अहिलेका नेताहरूले पटक पटक देशलाई बर्बाद पारेको र अब नेपाललाई अगाडि बढाउन नेपालवाद र नेपाली माटो सुहाउँदो नयाँ सिद्धान्त जन्माउन राप्रपा लागेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *