Home > मुख्य समाचार > बागमती प्रदेशका पर्यटनमन्त्री एबम कांग्रेस नेता दीपेन्द्र श्रेष्ठलाई मातृशोक

बागमती प्रदेशका पर्यटनमन्त्री एबम कांग्रेस नेता दीपेन्द्र श्रेष्ठलाई मातृशोक

२५ फागुन, काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलाई मातृशोक परेको छ । काठमाडौँ क्षेत्र नं १ प्रदेश (ख) बाट निर्वाचित मन्त्री श्रेष्ठको ७९ वर्षीया आमा रुपा श्रेष्ठको आज बिहान निधन भएको हो ।

लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित श्रेष्ठको आज बिहान ७ बजे उपचारका क्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पताल थापाथलीमा निधन भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–१० निवासी स्व रुपाको श्रीमान्, दुई छोरा र चार छोरी हुनुहुन्छ । मन्त्री श्रेष्ठ स्व रुपाको कान्छो छोरा हुनुहुन्छ।उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *