Home > मौसम > आजको मौसम कस्तो छ ?हेर्नुहोस्

आजको मौसम कस्तो छ ?हेर्नुहोस्

२०७८ फागुन १२ गते (बिहीबार)ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा
जानकारी अनुसार,आजको मौसम कस्तो छ ? हेर्नुहोस्

हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
देशको सुदुर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको सूदूर पश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही सूदूर पश्चिम, लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

साभार -नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति: २०७८/११/१२ गते विहान ०६:०० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *