Home > बिचार तथा ज्ञान > गर्मीमा कांक्राः स्वस्थ्य र सौन्दर्यका लागि कति उपयोगी

गर्मीमा कांक्राः स्वस्थ्य र सौन्दर्यका लागि कति उपयोगी

के पाइन्छ ?उल्टी, थकान, जलन, प्यास, रगत सम्बन्धि समस्या लगायत मधुमेह जस्ता रोगमा समेत कांक्रा फाइदाजनक मानिन्छ । अझ बेहासीमा काँक्रो सुघाउनाले मानिसलाई तुरुन्तै होशमा ल्याउन सकिन्छ । साथै काक्रोको रसमा चिनी वा मिश्री मिसाएर पिउनाले पिसाब नहुने वा कम हुने समस्या समेत हटेर जान्छ ।

– कांक्रामा ९० प्रतिशत पानी हुन्छ, जसले गर्मीको रापबाट शरीरलाई शीतल बनाइराख्छ ।
– कांक्राको सेवनले शरीरमा पानीको मात्रा अभाव हुन दिदैन ।
– यसमा क्याल्सियम, फोसफोरस, सोडियम तथा म्याग्नेसियम यथेष्ट मात्रामा पाइन्छ ।

त्यसबाहेक काँक्रोका यति धेरै फाइदा छन् । जुन यस प्रकार छन्ः

१. पाचन प्रणाली राम्रो बनाउँछ
काँक्रोको सेवनले कव्जियत, बायु, एसिडिटी लगायतका पेट सम्बन्धि सबै समस्या हटाउन मद्दत गर्छ ।

२. मोटोपना कम गर्छ
काक्रोमा टारटरेट एसिड नामक तत्व पाइन्छ । जसले शरीरमा उर्जा प्रवाह गर्नुका साथै शरीरको तौल कम गर्न मद्दत गर्छ । साथै काँक्रोमा कैलोरीको मात्रा कम हुने भएकोले यसको सेवनले मोटोपनालाई समेत नियन्त्रणमा राख्न मद्दत गर्छ ।

३. छाला सुन्दर बनाउँछः
अनुहारको चिल्लोपना हटाउन पनि काँक्रोको प्रयोग फाइदाजनक मानिन्छ । त्यसको लागि काँक्रोलाई मुखमा दल्नुहोस् र पानीले मुख धुनुहोस् । यो प्रकृया दोहर्‍याउनाले अनुहारको चिल्लोपना त हट्छ नै, अनुहारमा भएका दाग समेत हटाउँछ । अझ काक्रोको पानी हात, मुखमा लगाउनाले हात फुट्ने समस्या समेत हटेर जान्छ ।

४. पानीको कमी हटाउँछ
काक्रोमा पानीको मात्रा ज्यादा हुन्छ । यसमा ९५ प्रतिशत पानी हुन्छ । त्यसैले गर्मीको समयमा शरीरमा पानीको कमी हुन नदिन पनि काक्रोको सेवन उपर्युक्त मानिन्छ ।

५. मधुमेह तथा कोलेस्ट्रोरमा लाभदायक
काँक्रोको सेवनले मधुमेह तथा कोलेस्ट्रोरको मात्रा सामान्य रहन्छ । काँक्रोले इन्सुलिनलाई समेत नियन्त्रणमा राख्छ । साथै काक्रोमा स्टीराल नामक तत्व पाइन्छ जसले कोलेस्ट्रोरको मात्रालाई कम गर्दछ ।

६. कपाल लामो बनाउँछ
काक्रोको नियमित सेवनले कपाल बढाउन मद्दत गर्छ । यसमा सिलिकन तथा सल्फरको मात्रा धेरै हुने भएकोले यो कपाल बढाउनमा लाभकारी मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *