९ फागुन, काठमाडौं ।झापाको भद्रपुरबाट प्रकाशित हुँदै आएको बरुण साप्ताहिककी सम्पादक माया पकुवालको सोमबार विहान उपचारको क्रममा निधन भएको छ।
एक साता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको थियो । केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा कार्यरत थिइन् ।
उनको ओमसाई हस्पिटलमा नियमित डाइलासिस भइरहेको थियो । आइसीयुमा राखेर उपचार भइरहेकै अवस्थामा सोमवार विहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी नेपाल पत्रकार महासंघ झापा, नारी सञ्चार गृह झापा, भद्रपुर प्रेस क्लव लगायतका संस्थामा आवद्ध रहेकी थिइन् ।
यसैबीच नेपाल पत्रकार महासंघ झाापाका अध्यक्ष एकराज गिरीले पकुवालको निधनले झापाली पत्रकारीता क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् । उनले लाामो समयदेखि अस्वस्थ्य अवस्थामा रहेपनि पत्रकारिता कर्मलाई निरन्तर रुपमा अघि बढाइरहेकी पकुवालको निधन प्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै परिवारमा गहिरो समवेदन प्रकट गरेका छन् ।
झापाली पत्रकार माझ लोकप्रिय र सरल स्वभावकी पत्रकार पकुवालले महिला पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष गिरीले उनको निधनले आफु स्तब्ध भएको उल्लेख गरे ।