चुणामणि शर्मा
८ फागुन/ लमही रिहार सडक खण्ड अन्तर्गत लमही नगरपालिका वडा नम्बर ७ को पदमिनी खोला सडक छेउमा प्रेसर कुकरमा तारले जेलिएर राखेको शंकास्पद बस्तु फेला परेको छ ।
गएराती गाडीवालाले गाडी रोकेर पिसाब गर्ने क्रममा देखेर प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिए ।
अहिले घटनास्थलमा नेपाली सेनाका बम डिस्पोजल टोलि पुगि डिस्पोज गर्ने तयारी गरिरहेको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तैनाथ छन । पुर्व पश्चिम राजमार्गमा सवारी साधनहरु एकातर्फी बाट संचालन भैरहेका छ ।
नो एमसीसी लेखिएको प्रेसर कुकर कस्ले राख्यो भन्ने अनुशन्धान पछि मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले अनलाइन खबरलाई जानकारी दिनुभयो ।