बसन्त तिवारी
काठमाडौं ८ फागुन २०७८, आइतवार / सुशासनबिना कुनै पनि देशको सामाजिक, आर्थिक, भौतिक ,राजनीतिक, तथा सांस्कृतिक पक्षहरुको विकासका लक्ष्यहरू हासिल गर्न सकिँदैन। विश्वका अल्पविकसित तथा विकाससिल देशहरूमा शासन शक्ति र अधिकारको दुरुपयोग भई शासन व्यवस्था प्रभावकारी नभएकाले शासन व्यवस्थामा सुधार ल्याई विकास परियोजना सञ्चालन गरी विकास निर्माण प्रक्रियामा गतिशीलता प्रदान गर्ने उध्येश्यले सन् १९९० को दशकमा विश्व बैंकले विकासका लागि सुशासनको अवधारणा अगाडि ल्याएको थियो ।
विश्वका विभिन्न देशमा भएका अध्ययन अनुसन्धानहरूले के प्रमाणित गरेको छ भने, विकास र समृद्धि हासिल गर्न सुशासनबिना सम्भव छैन। तेसैले नेपाल सुशासन पार्टीले पनि सुशासनलाई समृद्धि, दिगो विकास र शान्तिको केन्द्रबिन्दु मानेर अघि बढ्नु पर्दछ यसो गर्न सकियो भने सुशासित व्यवस्था स्थापना गर्न सकिनेछ भन्ने अवधारणा बनायको छ।
सुशासन भनेको के हो ?
राज्य संयन्त्रलाई नागरिकको सहभागितामा र आवश्यकताअनुसार सञ्चालन गर्नु , शक्ति, अधिकार र दायित्व नागरिक सेवा र सन्तुष्टि सापेक्ष गर्ने शासन बहुआयामिक मान्यता र प्रक्रिया तथा लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड हो सुशासन। संविधानको अपेच्छा, राष्ट्रको आवश्यकता र नेपाली जनताको मनको आवज नै सुशासन हो ।राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ ।
सुशासनका विशेषताहरू
- निष्पक्ष निर्वाचन
- इमान्दारीता
- पारदर्शिता
- विधिको शासन
- बहुमत तथा सहमति उन्मुख
- प्रभावकारिता, दक्षता
- उत्तरदायित्व
- समानता एवं समावेशीता
- जनसहभागिता
सुशासन भनेको सासकिय पध्दति हो जसले न्यायमा आधारित भएर नागरिकको हक आधिकार र सोतानत्रताको रक्षा गरी कर्तव्यहरुलाई बोध गराई राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आधारभूत आवस्यकतालाई सर्वसुलभ रुपमा प्रदान गर्नु आवस्यकता अनुसारको सेवा उपलब्ध गर्नु तथा नागरिकको प्रत्येक्ष सहभागितामा सरल एवं न्यायिक रुपमा सेवा प्रवाह गरी नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु लाई नै सुशासन भनिन्छ।
सुशासनका प्रमुख तत्त्वहरू
- कानूनको शासन
- पारदर्शिता
- उतरदायित्व
- सहभागिता
- समानता
- जवाफदेहिता
सर्वप्रथम नेपालमा २०४७ को संविधान बाट सुशासन को आधार शिला तयार भएको पाइन्छ। नेपालको संविधान २०७२ को प्रस्तावनामा नै संघिय लोकतान्त्रिक गणतन्त्रात्मक सासन व्यवस्थाको माध्यम द्वारा दिगो विकास ,शान्ति सुशासन र समृद्धि को आकाक्षा पुरा गर्न संविधानसभा बाट पारित गरियो।
तेस्तै धारा ५१ को राज्यका नीतिहरुको ख को ४ मा सार्वजनिक प्रशासन लाई स्वच्छ, निस्पक्ष, सक्षम , पारदर्शी, भ्रष्टाचार मुक्त ,जनउत्तरदायी र सहभागीता मुलक बनाउदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुच सुनिश्चित गरि सुशासनको प्रत्याभूति दिलाउने कुरा उल्लेख गरिएको छ।
त्यसैगरि सुशासन ऐन २०६४ र नियमावली २०६५ , सुचनाको हक सम्वन्धि ऐन २०६४ र नियमावली २०६५ भ्रष्टाचार निवारण ऐन २०५९ ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ ,सम्पत्ति शुद्धिकारण निवारण ऐन २०६४ संगठित अपराध निवारण ऐन २०७० कसुरजन्य सम्पत्ति तथा साधन रोक्का नियन्त्रण र जफत ऐन २०४८ निजामती कर्मचारीको आचरण सम्वन्धि नियमावली २०६५ सेवा अभियान संचालन निर्देशिका २०६५ मा भ्रष्टाचार नियन्त्रणका कुराहरु उल्लेख गरियता पनि कानुन को प्रभाबकारी रुपमा कार्यान्वयन गर्न सकियको छैन ।
नेपाल मा सुशासन कायम गर्न नसक्नु का कारणहरु
आम नागरिक मा अझै सम्म पनि निहित परम्परागत सोचाई रहेको छ। अशिक्षित तथा पूर्ण रुप मा सचेत नभएको नेपाली समाजमा भ्रष्टाचारी तथा आपराधि हरुले चुनाव जितेर राज्यको माथिल्लो निकायमा पुगेको अवस्था छ आम जनताले विवेकको प्रयोग गर्न नसक्दा करोडौ रुपैया खर्च गरेर चुनाव जित्ने आवस्था छ ।
राज्य सत्तामा असक्षम अयोग्य तथा आपराधिक मानसिकता , संकुचित सोच र स्वार्थी व्यक्तिहरु राज्यका महत्वपूर्ण निकाय हरुमा पुगेको हुनाले नातावाद कृपावाद मौलाउदै गएको र भ्रष्टाचार नियन्त्रण का लागि गठित संस्थाहरु ,न्यायालय तथा प्रशासनहरुमा राजनीतिक नियुक्ति ले गर्दा ,राजनैतिक तथा प्रशासनिक प्रतिबद्धतामा बिचलन आएको छ।
जनप्रतिनिधिहरु र राष्ट्र सेवक कर्मचारीहरु जनमुखी तथा राष्ट्र र समाज प्रति वफादार नभई अधिकारको दुरुपयोग गरि भ्रष्टाचार लाई बढावा दिदै कानुनको प्रभावकारी कार्यान्वयन नगरेर राज्यका हरेक क्षेत्रमा निहित भ्रष्टाचारको अत्याधिक वृद्धि , दण्डहीनताका साथै अपराध बढ्दै गैरहेको छ।
सदाचारकायम गर्ननसकिनु,अन्तरसरकार समन्वय,छैनशासनसञ्चालन र सेवा प्रवाहसम्बन्धी राज्यका निकाय हरु बिचमा समन्वय छैन, सामाजिक क्षेत्रमा राज्यको उपस्थित कतै देखिदैन सुशासन सम्बन्धि नियम कानुन को पालना गरियको छैन। तेसैगरी विकेन्द्रीकरण का सिद्धान्त हरु लागु नगरिनु सक्रिय उर्जासिल तथा सकारात्मक सोच बोकेका नागरिक को कमि हुनु अस्थिर सरकार ,साधन श्रोतको सहि ढंग बाट समुचित प्रयोग तथा परिचालन नहुनु ,सक्षम जनमुखी र जनउत्तरदायी रुप मा निजि क्षेत्रको संलग्नता नहुनु ,सामाजिक आर्थिक तथा राजनैतिक पक्षहरुमा विभेद हुनु जस्ता कारण हरुले गर्दा सुशासन का नाराहरु केवल नारा मै सिमित रहेका छन् ।
सुशासन विना देशमा शान्ति स्थापना हुन सक्दैन , दिगो विकास उन्नति प्रगति र संमृद्धिको मार्गमा अगाडि बढ्न सक्दैनसुशासनले राज्यका धेरै सकारात्मक परिणमहरूलाई निर्देशित गरेको हुन्छ।
त्यसैले, सुशासन सभ्य, समतामुलक र न्यायपूर्ण समाज निर्माणको आधार हो। सुशासन साधन र साध्य दुबै हो। यसले अधिकारमा मात्र होइन कर्तव्यप्रति पनि सचेत र जिम्मेवार बनाउँछ।
राज्य व्यवस्थाप्रति जनताको विश्वास सिर्जना गर्न र मजबुत र शक्तिसाली राज्य संरचना निर्माण गर्न सघाउ पुर्याउँछ। सुशासन एउटै शब्दले राज्य अर्थात् सरकारको कर्तव्य र नागरिकका हक आधिकार र कर्तव्य लाई समेटेको हुन्छ।नेपालको संविधान २०७२ मा व्यबस्था गरीएका नागरिकका हक तथा कर्तव्यहरु
नागरिकका हकहरु
सम्मानपूर्वक बाच्न पाउने हक,स्वतन्त्रताको हक ,समानताको हक,संचारको हक ,न्याय सम्बन्धि हक,अपराध पिडितको हक ,यातना बिरुद्दको हक ,निबारक नजर बन्द बिरुद्धको हक ,छुवाछुत तथा भेदभाव बिरुद्धको हक ,सम्पत्तिको हक ,धार्मिक स्तन्त्रताको हक , सुचनाको हक , गोपनियताको हक , शोषण बिरुद्धको हक , स्वच्छ वातावरणको हक , शिक्षा सम्बन्धि हक ,भाषा तथा संस्कृतिको हक , रोजगारीको हक ,श्रमको हक , स्वास्थ्ये सम्बन्धि हक,आवास को हक , खाद्यान्न सम्बन्धि हक ,महिलाको हक, वालबालिकाको हक ,दलितको हक ,जेष्ठनागरिकको हक , सामाजिक न्यायको हक ,सामाजिक शुरक्षाको हक ,उपभोक्ताको हक ,देशनिकाला बिरुद्धको हक, संवैधानिक उपचारको हक रहेका छन।
नागरिकका कर्तव्यहरु
राष्ट्रप्रति निष्ठावान हुदै नेपाल को राष्ट्रियता सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु ,संविधान र कानुन को पालना गर्नु, राज्य ले चाहेको बखत अनिवार्य सेवा गर्नु, सार्वजनिक सम्पत्तिको सम्रक्षन गर्नु ।
सुशासन कायम गर्नका लागिनागरिकले के गर्ने ?हरेक परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने भयकोले सुशासन चाहाने सबैजना आफु इमान्दार बन्ने , समाज र राष्ट्र प्रति निष्ठावान रहने , हरेक कुरामा पारदर्शिता देखाउने ,इमान्दारीताको राजनीति गर्ने (क्रोध रीस इर्स्या कुन्ठा घमन्ड व्यक्तिगत स्वार्थ लोभ ) सभ्य मानव जिवनका सत्रुहरु त्यागिदिने ।
समाजमा सकरात्मक परीवर्तनका निमित्त त्यागि बन्न आबस्यक छ। व्यक्तिगत लाभ, लोकप्रियता, रुची, स्वार्थीपनलाई त्यागी राष्ट्र र जनताप्रति जिम्मेवार नबन्दासम्म सुशासन सम्भव छैन। हामीले आफ्नो क्षमता, सामर्थ्य, निकाय, विवेक, प्रविधि, परिस्थितिका आधारमा सुशासनको आफ्नै मौलिक कार्यसूची र प्राथमिकता निर्धारण गर्न आवश्यक छ।
नेपालमा सुशासन कायम गराउनु नै नेसुपाको प्रमुख एजेन्डा
आज राष्ट्रको सामाजिक,,आर्थिक, भौतिक राजनैतिक,कुटनैतिक र धार्मिक सांस्कृतिक पक्षहरुर परिवेशमा भैरहेको अनर्थ र अनाचारले देश आक्रान्त छ। आत्मस्वाभिमान ,ईमान ,स्वविवेक स्वच्छता र सुशासनका पक्ष कमजोर र परास्त भएको अवस्था छ।
देशको शासन प्रशासन चलाउनेहरु भ्रष्ट र स्वार्थमा डुबेका घटनाहरुले देश आक्रान्त भएको छआजन्यायालयमा भएको फोहोरी खेल ,ठाडो राजनीतिक आक्रमण , भागबन्डा मोल मोलाई घुषखोरी आदि कारण ले सम्पूर्ण न्यायालयनै धरासाही बनेको छ। सरकारले भ्रष्टाचार तथा बेथिति नियन्त्रण गर्नु को सट्टा सरकार भ्रष्टाचार आफै मा लिप्त रहेकोको छ ।
एस्तो अवस्थामा नेपाल सुशासन पार्टीले देशमा सुशासित व्याबस्था स्थापना गर्न को लागिसुशासन को एजन्डा बोकेर स्वतन्त्र, सक्षम, निष्पक्ष, निडर र पहुँचयोग्य न्यायालय र न्यायमा आधारित न्याय सम्पादनशैलीको स्थापना को लक्ष्य लिएर राजनीतिमा होमियको छ। सुशासन पार्टीमा प्रष्ट दृष्टिकोणसहित त्याग र निष्ठाको सोच, व्यवहार लोकतान्त्रिक संस्कार र पद्धतिलाई व्यवहारमा आत्मसात गर्दै इमानदार राजनीतिको प्रयत्न गरीयको छ।
नेपाल सुशासन पार्टी ले नेपालमा सुशासन सम्बन्धित प्रचलित ऐन नियम कानुनहरुमा समयसापेक्षव्यापक संसोधन गरि कानुन को पूर्ण परिपालना गर्दै ऐन कानुन कार्यान्वयनमा हुने हस्तक्षेपरोक्ने स्वतन्त्र र उत्तरदायी न्यायपालिकाभ्रष्टाचारमुक्त, चुस्त प्रशासन निर्माण गर्ने छ ।
राज्यका हरेक क्षेत्रमा दण्डहिनाता को अन्त्ये गरेर कानुनीराज्यको वकालत ,निश्पक्ष र सरल रुप मा छिटो छरितो न्याय प्रणाली अवलम्बनगरी।न्याय दिने प्रणालीको विकास तथा अन्तर्राष्ट्रिय महासन्धिमा व्यक्तप्रतिबद्धता अनुरूपभ्रष्टाचार विरुद्ध शुन्य सहनासिलाता नीति अवलम्बन गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने निकाय हरुको क्रियासिलतामा वृद्धि गरि परिणाम उन्मुख कार्य गर्नेछ ।
नेपाली समाजका विभिन्न विविधता सम्बद्ध सवालहरूको सही व्यवस्थापन तथा समाधानमा नेपाल सुशासन पार्टी सहयोगी, उदार र जिम्मेवार भएर लाग्ने छ ।
राज्यले पारदर्शिता उत्तरदायित्व जवाफदेहिता को पूर्णरुपमा पालना गर्नुपर्दछ र प्रचुर मात्रामा उपलब्ध रहेका साधन श्रोतको समुचित रुपमा प्रयोग तथा अर्थपूर्ण विधिबाट कार्यान्वयन गर्ने।
प्रभावकारी नागरिक समाज ,सामाजिक सद्भाव प्रवर्द्धन ,विभेदको अन्त्य सामाजिक समाबेशीकरण ,स्पस्ट राजनैतिक प्रतिबद्धता र सरकारको स्पस्ट रणनैतिक कार्ययोजना तयार गरि संविधानमा उल्लेख गरिएका संवैधानिक व्यवस्थाहरुको पूर्णरुपमा कार्यान्वयन गरि ,प्रत्येक दिन जनगुनासो सुन्ने र निर्णय को व्यबस्था गर्नेछ ।सबल सक्षम इमान्दार निजि क्षेत्रको साझेदारीमा विकास गर्ने जनचेतना अभिवृद्धि गर्ने प्रशासनमा राजनीतिक हस्तक्षेप को अन्त्य गर्नेछ ।
सुचनाको हक प्रेसस्वतन्त्रताअवलम्बन गर्ने सूचना प्रविधिको विकासमार्फस्वचालित प्रतिवेदन तथा जानकारीप्रवाह प्रणाली प्रभावकारी एवं नजितामूलक अनुगमनमूल्याङ्कन पद्धति अवलम्बन गर्ने, सूचना र संचार प्रविधिको उच्चतम प्रयोग बाट अनुगमन, संस्थाको क्षमतासंस्थागत सुधार मानव संसाधन विकासमार्फत् क्षमता रदक्षता प्रवर्द्धन गर्ने छ ।
दण्ड र पुरस्कारको व्यबस्था नियमनकारी निकाय को क्षमता र प्रभावकारितामा अभिवृद्धि गर्ने ।सार्वजनिक निजी साझेदारीमार्फत्सबैको सार्थकसहभागिता प्रबर्द्धन गर्ने, सिमान्तकृत तथा पिछडियका बर्गको सबलीकरण तथा सशक्तिकरण का कार्यक्रम हरु प्रभावकारी रुपमा संचालन गर्ने , राजनीतिक क्षेत्रमा सुधारजवाफदेहीसंस्थागत संरचना,सामाजिक क्षेत्रमासुधार राजनीतिक र प्रशासन क्षेत्रको सम्बन्ध स्पष्ट पार्नेनागरिक समाज, सरोकारवाला पक्षबीचसहमति, सहयोग, समन्वय रसहकार्यमार्फत्सहभागितामूलक विकास पद्धतिअवलम्बन गर्नेछ।
आर्थिक विकाश, कानुन को पालना को सुनिश्चितता जनमुखी एवं पारदर्शी सरकार को निर्माण गरी प्रभावकारी सार्वजनिक सेवाको प्रवाह गर्नु का साथै सहिष्णुता तथा एक्यबद्धताको प्रवर्द्धन ,शासन सत्तामा रहेका व्यक्तिले आफुलाई देश र जनता को सेवकका रुपमा लिने सम्पति विवरणअद्यावधिक, गर्ने दलको खर्चमा पारदर्शिताका साथै राजनीति कुनै पेशा होइन मात्र समाजसेवा हो भन्ने भावनको विकाश गरि देश र जनता को सेवाको लागि मात्र राजनीति गर्ने परिपाटिकोविकासगर्न नेपाल सुशासन पार्टीले सदैव सुशासनका तत्वहरुमा ध्यान केन्द्रित गरि अगाडी बढ्ने प्रण गरेको छ ।
- जनताप्रति प्रत्यक्ष उत्तरदायी सरकार सञ्चालन गर्ने
- निष्पक्ष निर्वाचनको व्यबस्था गर्ने
- नागरिकको प्रत्यक्ष सहभागितामा जनसहभागितामूलक शासन व्यवस्था गर्ने
- आर्थिक रूपमा वित्तीय जवाफदेहिता
- आर्थिक अनियमितता र भ्रष्टाचाररहित समाजको निर्माण गर्ने
- निष्पक्ष, जनमुखी र स्वतन्त्र प्रेसको व्यवस्था गर्ने
- विधि, पद्धति र कानुनमा आधारित शासन व्यवस्था लागु गर्ने
- प्रशासनको सरलीकरण र जनमुखी सेवा प्रवाहमा जोड दिने
- सामाजिक न्याय र समावेशितामा आधारित समाज निर्माणमा जोड दिने
- राज्यका सबै क्षेत्रमा दण्डहीनताको अन्त्य र कानुनको परिपालना
- प्रचलित मूल्य, मान्यता र नियम कानुनको पूर्ण परिपालना,
- शासन प्रक्रियामा पारदर्शिता अवलम्बन गर्ने
- सरोकारवालाप्रति जवाफदेही शासन सञ्चालनमा, जोड दिने
- निर्णय प्रक्रियामा सरोकारवालाको सहभागिता,गर्ने गराउने
भ्रष्टाचार अन्त्य
भ्रष्टाचार समाजको रोग ,सभ्य समाजको प्रदुषण हो। यसले राजनीतिलाई नै बिचलित बनाइ अर्थतन्त्रलाई धरायसी बनाउँछ। आज नोपाली समाजको हरेक क्षेत्रमा भ्रष्टाचार व्याप्त छ।सामाजिक संघ–संस्था, कर्मचारी संयन्त्र, निजी क्षेत्र र राजनीति हरेक क्षेत्रमा भ्रष्टाचार संस्थागत भएको छ।देश भ्रष्टाचारले अक्रान्त बनेको छ।
भ्रष्टाचार नियन्त्रण गर्न कानुनी तथा संस्थागत व्यवस्था नगरिएको होइन, तर अधिकारको दुरुपयोग गरी भ्रष्टाचारीले उन्मुक्ति पाएको अवस्था छ। भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूमा भ्रष्टाचार नियन्त्रणको सट्टाअझ बढि आकाशिएको आम रुपमा महसुस भएको छ।आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक, कानुनी, संस्थागत तथा प्रविधिगत कारणहरूमा रहेका कमी कमजोरीहरूको समाधानबिना म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ भनेर मात्र भ्रष्टाचार नियन्त्रण सम्भव छैन ।
यस परिस्थितिमा भ्रष्टाचार रोक्नका लागिनेपाल सुशासन पार्टी ले मिसन तयार गरेर कारणमा उपचार गरी भ्रष्टाचारको अन्त्य गर्नेछ ।भ्रष्टाचार नियन्त्रण का लागि नेपाल सुशासन पार्टी मात्र नभएर सार्वजनिक क्षेत्रका अलावा निजी क्षेत्र, नागरिक समाज एवम् अन्तर्राष्ट्रिय साझेदार संस्थाहरू पनि उत्तिकै जिम्मेवार, जवाफदेही, पारदर्शी र जनमुखी हुन आवश्यक छ।
गास, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारीसार्वजनिक सेवा प्रवाह र सबै किसिमका विकासका पूर्वाधार निर्माण तथा व्यवस्थापनका लागि राज्यका सबै निकाय र नागरिक तहमा आर्थिक अनुशासन कायम गर्नु अनिवार्य छ।
सुशासनको यात्रालाई सुशासनको गन्तव्यमा पुग्ने संरचना र कार्यप्रक्रियामा केन्द्रित भएर संस्कारगत पक्ष, व्यवहारगत पक्षमा व्यापक सुधार गरी अगाडि बढ्ने छ।आयातमा आधारित राजश्व र वैदेशिक रोजगारीको रेमिटेन्सले देशको अर्थतन्त्र धानेको छ तेही रेमिटेन्स को पैसा मा पनि चरम लुट र भ्रस्टाचार छ देशको अर्थतन्त्र र राज्य संयन्त्र भागबण्डाको दलीय राजनीतिले गर्दा थला परेको छ।
विकास बजेट खर्च हुन सकेको छैन।
यस्तो अवस्थामा राज्य संयन्त्रको दलीय भागबण्डाको अन्त्य गरी पद्धति, पारदर्शीता, इमानदारिता र नवीनताको अत्मसाथ गर्दै देशमा रोजगारी, उत्पादकत्व र लगानीको सम्भावना बढाएर उर्जाशील युवालाई विदेश पलायन हुनबाट रोकेर उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने वातावरण तयार गरि उत्पादन मा वृद्धि गरि सोदेश मै रोजगारी दिन र आयात घटाउन साथै अर्थतन्त्र मा सुधार गर्ने नीति लिएको छ।
नेपाल सुशासन पार्टीले अगामि दिनहरुमा आर्थिक सुधारका कार्यहरू गर्ने, उपयुक्त लगानी वातावरण निर्माण गर्ने (लगानीमैत्री नीति, कार्यविधि र कार्यप्रणालीलाई सरलीकरण र संक्षेपीकरण, सुरक्षा, उपयुक्त श्रमसम्बन्ध, उपयुक्त औधोगिक वातावरण, पूर्वाधारको विकास आदि) उत्पादन बृद्धिमा जोड दिने, रोजगारमुलक उद्योगहरू स्थापना, बलियो अर्थतन्त्र निर्माण गर्ने, आर्थिक स्थायित्व (आर्थिक बृद्धि, स्वस्थ भुक्तानी सन्तुलन, मूल्य एकरुपता), वित्तीय अनुशासन, सार्वजनिक वित्त व्यवस्थापन लगायत कार्यमा उपयुक्त विधि र वातावरण तयार गर्ने छ।
कानुनी शासन
न्याय स्वच्छता निष्पक्षता र कानुनी शासनको आधारशीला हो। न्यायबिना सुशासन सम्भव छैन। कानुननी शासन त्यतिबेला मात्रप्रत्याभूत हुन्छ, जतिबेला कानुन निर्माण सही ढंगले हुन्छ, निष्पक्ष ढंगबाट कानुनको कार्यान्वय हुन्छ र न्यायमा सबैको पहुँच पुग्दछ।सुशासनका लागि स्पष्ट कानुनी आधारमा गरिने विवेकसंगत र निर्णय गर्ने परिपाटी आवश्यक पर्दछ।
आम सर्वसाधारणले अनुभूति गर्न सक्ने बलियो शान्ति सुरक्षाको व्यवस्थापन स्थापना गर्न थप कडा कानुन र इमानदार कार्यान्वयन आवश्यक छ। पद, पैसा र प्रभावको सर्वोच्चता होइन, कानुनको सर्वोच्चता बाट सुशासन ल्याउन ।त्यसैले,नेपाल सुशासन पार्टीले सुशासनप्रतिको निष्ठा र इमानदारिताको कसिमा रहेर कानुन निर्माण, कानुनको कार्यान्वयन र न्यायमा पहुँचजस्ता सवालमा आमूल सुधार गरी आघि बढ्ने छ.
- मरेपछिको स्वर्ग चाहिदैन मलाई म जन्मेको देशलाई नै स्वर्ग बनाउने सपना बोकेर हिडेको छु।
- बासुदेव तिवारी (बसन्त)
नेपाल शुशासन पार्टी
केन्द्रिय सदस्य
जय सुशासन
धन्यवाद