Home > मौसम > आजको मौसम कस्तो छ ?हेर्नुहोस्

आजको मौसम कस्तो छ ?हेर्नुहोस्

२०७८ फागुन ०८ गते (आईतबार )ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा
जानकारी अनुसार,आजको मौसम कस्तो छ ? हेर्नुहोस्

हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ ।देशको पहाडी भू-भागमा आंशिक बदली लागेको छ साथै तराईका केही भू-भागमा हुस्सु/ कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।http://www.mfd.gov.np/content/?id=3806

साभार – नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति: २०७८/११/०८ गते बिहान ०६:०० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *